बेलायतका नवनिर्वाचित प्रधानमन्त्री स्टार्मर भन्छन्- ‘परिवर्तनका लागि आतुर’

SHARE:


लन्डन ६ जुलाई २०२४ । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री केइर स्टार्मरले शनिबार आफ्नो कार्यभार सम्हालेको पहिलो दिनको सुरुआतमा आफूलाई ‘परिवर्तनका लागि आतुर’ रहेको घोषणा गरेका छन् । उनले आफ्नो लेबर सरकारको ‘नम्बर एक अभियान’ विकास हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्टार्मरले निवर्तमान कन्जरभेटिभ सरकारको आप्रवासीलाई रुवान्डामा निर्वासित गर्ने योजना अन्त्य गर्ने आफ्नो पूर्व घोषित मनसायको पनि पुष्टि गरे । कन्जर्भेटिभ पार्टीको १४ वर्षे शासनको अन्त्य गर्दै पार्टीले शुक्रबार चुनावमा सानदार जित हासिल गरेको छ । बेलायतकी प्रथम महिला अर्थमन्त्री रचेल रिभ्स र नयाँ विदेशमन्त्री डेभिड लामीसहितको शीर्ष टोलीसँगको कुराकानीमा उनले राजा चार्ल्स तृतीयले सरकार गठनका लागि आमन्त्रण गर्नु आफ्नो जीवनको सम्मान र सौभाग्य भएको बताए ।

बेलायतको संसद्मा १७४ सिटको भारी बहुमतका साथ आफ्नो पार्टी सत्तामा फर्किएको केही घण्टापछि स्टार्मरले शुक्रबार डाउनिङ स्ट्रिटमा आफ्नो मन्त्री टोली नियुक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!