लन्डन ७ जुलाई २०२४ । बेलायतमा बसोबास गर्ने पोखरा-१६, अर्मला रयाले गाउँले दाज्युभाइ, चेलीबेटी र भाञ्जाभाञ्जीहरु सहितको ‘वनभोज’ कार्यक्रम सम्पन्न भएको छ ।
७ जुलाई २०२४ मा रोयल मिलिटरी एक्याडेमी स्याण्डहर्सको सभाहलमा उक्त वनभोज सम्पन्न भएको हो । वनभोजमा बेलायतका विभिन्न ठाउँहरुमा बसोबास गर्ने रयाले गाउँले एकै जिजुबाजेका सन्तानहरु भेला भएर आपसमा सुख-दु:खका भलाकुसारी, अनुभवहरु साटासाट, नयाँ जेनेरेसनहरुलाई आफ्ना सन्तान चिन्ने-चिनाउने कामहरु भएको सहभागी भक्त गुरुङले जानकारी दिए ।
वनभोजमा मिठामिठा परिकार खानपिनका साथै सहभागीहरु रमाइलो गरी नाचेका थिए । कार्यक्रममा अमेरिकाबाट पारिवारिक भेटघाटमा बेलायत आइपुगेका हरि गुरुङ र हितमान गुरुङलाई स्वागत गरिएको थियो ।
नेपालबाट आफ्ना लोकसांगीतिक कोसेलीहरु पस्कन शनिबार बेलायत भ्रमणमा आइपुगेका पोखरा भलामनिवासी प्यारो चर्चित लोकगायक चोलेन्द्र पौडेललाई पनि भोजमा स्वागत गरिएको थियो । चोलेन्द्रले आफ्ना रमाइला प्रस्तुतिहरुसमेत राखेका थिए ।







