विद्यार्थीहरुको सहयोगार्थ पर्वत वेलफेयर सोसाइटी युकेको च्यारिटी डिनर सम्पन्न

SHARE:


लन्डन ८ जुलाई २०२४ । पर्वत वेलफेयर सोसाइटी युकेले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम सम्पन्न गरेको छ ।

अल्डरसटस्थित एम्पायर हलमा ७ जुलाईमा पर्वते र गैर पर्वतेहरुको उल्लेख्य सहयोग र सहभागितामा उक्त च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको हो । सोसाइटीको उपाध्यक्ष सुरज पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल थिइन् ।

प्रमुख अतिथि खनालले भविष्यका कर्णधार बालबालिका, मातृभूमि र गृहजिल्लाको विकासमा सोसाइटीले उल्लेख्य भूमिका खेलेको भन्दै पर्वत वेलफेयर सोसाइटी युकेको प्रशंसा गरिन् ।

सोसाइटी अध्यक्ष अप्सरा गुरुङले सहयोगदाता र सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै समाज विकासको मेरुदण्ड शिक्षा रहेपनि अल्पसंख्यक अनाथ बालबालिका अझै पनि शिक्षाबाट वन्चित रहेकाले जिल्लाका विपन्न विधार्थीहरुलाई सहयोग गर्न च्यारिटी गरिएको बताइन् । उनले दुई दुर्गम नगरपालिका बिहादी र मोदीका १९४ बालबालिकालाई सहयोग अति जरुरी रहेको पहिचान गरिएको बताउंदै संकलित रकम सम्बन्धित वर्गमा छिट्टै पुर्‍याइने पनि अठोट गरिन् ।

अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरी, एनआरएनए यूके अध्यक्ष तथा सोसाइटीका संस्थापक अध्यक्ष हितकाजी गुरुङ, सल्लाहकार एवं एनआरएनए पूर्वअध्यक्ष कुल आचार्य, पूर्वअध्यक्ष एवं अन्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष दधी आचार्य, तमु धीं यूके अध्यक्ष हरि गुरुङ, सल्लाहकारहरु ले. रि. चन्द्रबहादुर गुरुङ, डा. जगन्नाथ शर्मालगायतले सोसाइटीको च्यारिटी उद्देश्यको प्रशंसा गरेका थिए ।

महासचिव सन्जय भण्डारीले सन्चालन गरेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष भिमलाल भट्टराईले च्यारिटी डिनरबाट १३ हजार पाउन्डभन्दा बढी संकलन भएको जानकारी गराए । सांस्कृतिक कार्यक्रमका सिलसिलामा नेपालका राष्ट्रिय कलाकारहरु रेनुका भट्टराई, कला लम्साल, ललिता पुनमगर, राजन गुरुङ लगायतले बेजोड प्रस्तुति दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!