बेलायतमा राजेश पायल राईको प्रस्तुतिसहित मनाइयो सिसेक्पा तङनाम

SHARE:


लन्डन १६ जुलाई २०२४ । बेलायतमा चर्चित गायक राजेश पायल राईको प्रस्तुतिसहित याक्थुङ लिम्बुहरुको मौलिक पर्व सिसेक्पा तङनाम मनाइएको छ ।

शनिबार १३ जुलाई २०२४ मा किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा सिसेक्पा तङनाम कार्यक्रम मेडिस्टोन चुम्लुङदेनमा भव्य रुपमा मनाइएको हो । किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष नरवीर आङबो अध्यक्षता तथा मेडिस्टोन बोरोकाउन्सिलका मेयर जोन पेरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न समामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई याक्थुङ लिम्बुहरुको मौलिक पहिचान झल्किने सांस्कृतिक माङलाङ, केलाङ, येबालाङसहित स्वागत गरिएको थियो । तङनामलाई रोचक बनाउन नेपाली सुगम संगीतका चर्चित राष्ट्रिय कलाकार गायक राजेश पायल राई (राई इज किङ) को उपस्थितिमा बेजोड सांगीतिक प्रस्तुति रहेको थियो । गायक राईले भने हाक्पारे एवं पालाम गायक जीवन केदेम लगायत स्थानीय कलाकारहरुको समेत संगीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रममा किरात याक्थुङ युकेलाई लामो समयदेखि विभिन्न कोण क्षेत्रबाट योगदान दिनेहरुलाई पुरुस्कृत तथा सम्मान गरिएको थियो । अन्य क्षेत्र र विधामा उत्कृष्ट नतिजा प्राप्त गर्ने याक्थुङ समुदायका नयाँ पुस्ताहरुलाई पनि प्रशंसापत्रसहित सम्मान गरिएको संस्थाका महासचिव जुरेन्द्र खजुमले जनाए ।

किरात याक्थुङ चुम्लुङ युकेको मातहतमा गठन भएका विभिन्न शाखाबाट केलाङ, यालाङ प्रतियोगिता गराएका थिए भने अन्य अतिरिक्त खेलहरु पक्लुङ (छेलो हान्ने), भाग्य चिठाजस्ता खेल पनि खेलाएका थिए । यस वर्षको आर्टिष्ट अफ द यर सुवर्ण नेम्बाडलाई प्रदान गरियो ।

सिसेक्पा तङनाममा युकेभरि बसोबास गर्दै आएका पाँच हजारभन्दा बढी याक्थुङ लिम्बु तथा गैर लिम्बुहरुको उपस्थिति रहेको थियो ।
-सिक्कुम ज्ञानु फुरुम्बो चरपेबाट

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!