लन्डन २२ जुलाई २०२४ । गोरखाली समाज युकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
फानबोरोस्थित सामुयल कोडी स्कुलमा शनिबार २० जुलाईमा अध्यक्ष हेमकुमार गुरुङको अध्यक्षतामा गोरखाली समाजको बीबीक्यू तथा वार्षिक भेटघाट कार्यक्रम लोक तथा दोहोरी गायक रविन लामिछाने र गायिका रेजिना परियारको प्रस्तुतिसहित
सम्पन्न भएको हो ।
उपाध्यक्ष ज्ञानेन्द्र आलेले संयोजन गरेको कार्यक्रममा महिला उपाध्यक्ष टकमाया गुरुङले स्वागत मन्तव्य र महासचिव गौतम गुरुङले सञ्चालन गरेका थिए । मध्याह्न १२ देखि राति १० बजेसम्म भएको कार्यक्रममा नायिका तथा डान्सर लक्ष्मी गुरुङ, आरसी मगरले जोडदार नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पूर्वअध्यक्ष खुशीमान गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष हेमकुमार गुरुङले यस पालीको भेटघाट कार्यक्रम ऐतिहासिक भएको बताए । उनले व्यस्तताको बाबजुद पनि उपस्थित भएर कार्यक्रम सफल पारिदिएकोमा सबैलाई कार्यसमितिको तर्फबाट धन्यवाद व्यक्त गरे ।






