काठमाडौं २३ जुलाई २०२४ । नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा (तामाङ) वाग्मती प्रदेशको मुख्यमन्त्री बनेका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै वाग्मतीमा कांग्रेस–एमालेको सरकार निर्माण भएको हो ।
मंगलबार बिहान कांग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लामा नुवाकोट २ (२) बाट निर्वाचित सांसद हुन् ।






