नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव गडतौला

SHARE:

काठमाडौँ २५ जुलाई २०२४ । नेपालको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव लीलादेवी गडतौला बनेकी छन् ।

मन्त्रिपरिषद्को बिहीबारको नियमित बैठकले लीलादेवीलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

यसअघि उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । २०२३ साल भदौ १५ मा तेर्‍हथुममा जन्मेकी गड्तौलाको हालको ठेगाना सोलुखुम्बुको सल्यान हो । २०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बनेकी थिइन् । उमेर हदका कारण उहाँ आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!