सहकार्य बढाउन बेलायत र भारतबीच प्रविधिगत सुरक्षाका लागि सहमति

SHARE:

लन्डन २५ जुलाई २०२४ । संयुक्त अधिराज्य (बेलायत) र भारतले आर्थिक वृद्धिलाई बढावा दिई सहकार्यलाई प्रभावकारी बनाउन नयाँ प्रविधिको सुरक्षाका लागि सहमति गरेका छन् ।

नवनियुक्त बेलायती विदेश सचिवको भारत भ्रमणका क्रममा यो सहमति भएको हो । “दुई देशले खनिज, एआइ, सेमीकन्डक्टर र टेलिकमलगायतका क्षेत्रमा सहकार्य गर्ने र जलवायु, व्यापार, प्रविधि र शिक्षाजस्ता मुद्दाहरूमा सहयोगलाई बलियो बनाउने बिषयमा सहमत भएका छन्,” बेलायती विदेश सचिव डेभिड लमीको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

लमीले प्राविधिक पहलको माध्यमबाट एआईदेखि खनिजसम्म भविष्यका चुनौतिहरूमा सहकार्य हुने बताउँदै यसबाट आपसी आर्थिक लाभका साथै रोजगारी र लगानीलाई बढावा दिन सकिने बताएका छन् । उनले उनले भारतीय समकक्षी जयशङ्करसँगको वार्तामा दुवैले इन्डो–प्यासिफिकमा रक्षा र सुरक्षा सहयोग बढाउने सहमति जनाएको तथा रूस–युक्रेनद्वन्द्वलगायत विश्वव्यापी मुद्दाहरूमा छलफल गरेको स्रोतले जनाएको छ ।

लमीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेको र उनीहरूले प्रविधि सुरक्षा पहललाई स्वागत गरेको बताएका छन् ।

यसैबीच प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्सको पोस्टमा भारत स्वतन्त्र व्यापार सम्झौता गर्न उत्सुक रहेको जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!