बेलायतको वेल्समा शुक्रबारदेखि तीन दिने ‘हाइक फर नेपाल’ कार्यक्रम

SHARE:


लन्डन २६ जुलाई २०२४ । बेलायतको ब्रेकन वेल्समा शुक्रबार २६ जुलाईदेखि तीन दिने ‘हाइक फर नेपाल’ कार्यक्रम सुरू हुँदै छ ।

नेपाल र वेल्सको पर्यटन प्रवर्द्धनका लागि पोखरेली मञ्च युके, वी विल राईज फाउन्डेसन र नेपाली समाज ब्रेकन वेल्सको आयोजनामा जुलाई २६, २७ र २८ तारिखसम्म हाइक फर नेपाल कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा नेपाली दूतावास लन्डन, नेपाल पर्यटन बोर्ड युके, एनआरएनए युके, ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी एसोसिएसन, रामबजार सोसाइटी युके र बगर भाइखलक युकेको सहकार्य रहेको छ ।

नेपाली भिलेज यूकेका म्यानेजिङ डिरेक्टर तथा नेपाली समाज ब्रेकन वेल्सका अध्यक्ष मेजर खुशीमान गुरुङ एमभिओले बेलायतको शान्त र रमणीय वातावरण रहेको वेल्समा हुने कार्यक्रममा साथीभाइ र पारिवारिक जमघट यस पटक बाक्लो संख्यामा हुने अपेक्षा राखे ।

कार्यक्रममा भाग लिन बेलायतका विभिन्न क्षेत्रबाट वेल्स पुग्नेहरुले स्थानीय क्याम्पिङ साइटमा आउटडोर क्याम्पमा बस्नेछन् । जहाँ नेपाली खानाको स्टलदेखि सेल्फ कुकिङ, लाइभ संगीत तथा डिजे शो र बालबालिकाका खेललगायतका गतिविधि सञ्चालन गरिने छ ।

मेजर गुरुङले शनिबार २७ जुलाई बिहान साढे ९ बजे क्याम्प साइडमा भेला हुने, पौने १० देखि साढे १० बजेसम्म कार्यक्रम र सुरक्षाबारे संक्षिप्त जानकारी गराउने, साढे १० देखि साढे २ बजेसम्म लञ्च आफ्नै म्यानेजमा गर्ने तालिका रहेको जानकारी गराएका छन् । यस्तै साढे ३ देखि साढे ५ मा नेपाली भिलेज वेल्स युकेको भ्रमण, साढे ६ देखि पिय पदार्थ र विशेष करीसहितको डिनर, साढे ८ देखि साढे १० सम्म मनोरन्जनात्मक कार्यक्रम हुनेछन् । कार्यक्रममा सहभागीले तीन दिन दुई रातको प्रतिव्यक्ति ३० पाउन्ड शुल्क तिर्नुपर्नेछ । तर १२ वर्ष मुनिका बालबालिकालाई भने नि:शुल्क व्यवस्था गरिएको छ । क्याम्प साइटमा नबसी हाइक र क्याम्प साइट प्रयोग गर्नेले ५ पाउन्ड शुल्क तिर्नुपर्ने पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले जानकारी दिए ।

कार्यक्रमबार थप जानकारी आवश्यक परे मेजर खुशीमान गुरुङ एमभीओ, पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङ, पवित्रा गुरुङ, जीवन गुरुङ र पोखरेली मञ्चका पूर्वअध्यक्ष मानप्रसाद गुरुङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!