तीज पर्व मनाउँदै तमु धीं लन्डन इकाई आमा समूह

SHARE:


लन्डन २७ जुलाई २०२४ । तमु धीं लन्डन इकाई आमा समूहले तीज पर्व मनाउँदै छ ।

लन्डन सडबरी हिल स्पोर्टस् क्लबको हलमा आगामी सेप्टेम्बर ७ तारिख शनिबारका दिन तीज कार्यक्रम आयोजना गरिने आमा समूहका अध्यक्ष देवकला गुरुङले जानकारी दिइन् । उनले भनिन्, ‘हामी नेपाली वर्षौंदेखि बेलायतमा बसोबास गरे तापनि हरितालिका तीजको पौराणिक सम्बन्ध संस्कार अनि व्यवहारिक रूपमा संस्कृतिलाई मनन गर्दै परम्परालाई पछ्याउँदै आइरहेको तमु धीं लन्डन इकाईले २०८१ सालको हरितालिका तीज मनाउन गइरहेका छौँ । कार्यक्रम विशेष रहनेमा विश्वस्त छौँ ।’

नेपाली दिदीबहिनीहरू तिजमा वर्षभरिको सुख दुःख भुलेर एकै ठाउँमा भेला भएर रमाउने गर्छन् । कार्यक्रममा विभिन्न सामाजिक काम कार्यमा अग्रसर रहेर संस्थाको नेतृत्वमा अगाडी बढिरहेका दिदीबहिनीलाई सम्मान गर्ने योजना छ । जसले भावी दिनमा नयाँ पुस्तालाई हौसला बढ्ने र जहाँ रहे पनि नेपाली परम्परा संस्कृतिलाई भुल्न नहुने भावनाको विकास हुने उनले बताइन् । जसरी नेपालमा मनाइने गरिन्छ, त्यसरी नै विविध मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउने तयारी छ ।

कार्यक्रम संयोजक दुर्गा गुरुङ र आमा समूह सचिव विद्या गुरुङको संयोजकत्वमा निमन्त्रण र तयारी तीव्र भइरहेको छ । सो अवसरमा नेपालकी उदीयमान गायिका उषा गुरुङको पनि प्रस्तुति रहनेछ ।

कार्यक्रममा बेलायतवासी नेपाली दिदीबहिनीलाई उपस्थितिको लागि संस्थाले अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!