नेपाल आदिवासी जनजाति महासंघले ३० औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने

SHARE:

काठमाडौँ २७ जुलाई २०२४ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३० औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने भएको छ ।

हरेक वर्ष मनाउँदै आएको दिवस यस वर्ष ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर ! प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर !!’ भन्ने मूल नारासहित मनाउन लागिएको छ । यस वर्ष संयुक्त राष्ट्र संघले “Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Initial Contact” मूल अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।

यसैबीच नेफिनले अगस्ट ९ (साउन २५ गते) विश्व आदिवासी दिवस मनाउने सन्दर्भमा महासंघमा आबद्ध जातीय संघसंस्थाहरूसँग छलफल गरेको छ । यस वर्ष पनि हरेक वर्ष जस्तै सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउने तयारी गरिएको त्यस अवसरमा जानकारी दिइएको थियो ।

अगस्ट ९ को दिनलाई विश्व आदिवासी दिवसको रूपमा मनाउने गरिँदै आएको छ । सोही दिन मूल समारोहको आयोजना गरी भव्य रूपमा आदिवासी दिवस मनाउने तयारी गरिएको नेफिनका महासचिव दिवश राईले जानकारी दिए । नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभूषा, सांस्कृतिक झाँकीसहितको र्‍यालिको आयोजना गरी महासंघले जनाएको छ ।

महासंघले आदिवासी दिवसलाई सप्ताहव्यापी रूपमा मनाउन आ-आफ्नो जातीय संस्थामार्फत तय गरिएका कार्यक्रमहरूका बारेमा महासंघलाई जानकारी दिन समेत आग्रह गरेको छ । त्यस अवसरमा जनजातिहरूको विभिन्न मौलिक खानपिनको प्रदर्शनी तथा बिक्री वितरण स्टल समेत राखिने बताइएको छ ।

बैठकको अध्यक्षता तथा बैठकलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले दिवसको नारा तय भइसकेको र मूल समारोहका दिनमा धेरै भन्दा धेरै सहभागिता जनाउनेगरी तयारी गर्न आग्रह गरे । सबैले आ-आफ्नो पहिचान झल्किन झाँकीसहित आउनका निम्ति समेत उनले आग्रह गरे ।

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रूपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!