इलाम सुर्योदय समाज युकेको वार्षिक जमघट, कलाकार पराजुली दम्पतीको बेजोड प्रस्तुति

SHARE:

लन्डन २८ जुलाई २०२४ । इलाम, सुर्योदय समाज युकेको वार्षिक जमघट सफलतापूर्वक् सुसम्पन्न भएको छ ।

सुर्योदय नगरपालिका, इलाम स्थायी घर भई हाल विभिन्न पेसा र अध्ययनको सिलसिलामा युकेमा रहँदै आएका व्यक्ति विशेषहरुको उपस्थितिमा भएको यो पहिलो ऐतिहासिक कार्यक्रम शनिबार, २७ जुलाई २०२४ मा सम्पन्न भएको हो ।कार्यक्रममा हाल युके भ्रमणमा रहेका वरिष्ठ गायक तथा सङ्गीतकार गणेश पराजुली र गायिका यसोदा पराजुलीको उपस्थितिले थप रौनकता थपेको थियो ।

गायक तथा सङ्गीतकार पराजुलीको पुर्ख्यौली घर सुर्योदय नगरपालिकाअन्तर्गत फिक्कल, गैरीगाउँ हो । उक्त कार्यक्रममा गायिका यसोदा पराजुलीले उनको अत्यन्तै चर्चामा रहेको “दिन ढल्यो अन्धेरी रातमा” प्रस्तुत गर्दै कार्यक्रमलाई सांगीतिक माहौलतर्फ डोर्याईपछि यी सांगीतिक जोडीले अन्य विभिन्न गीतहरु प्रस्तुत गरेर कार्यक्रममा रमाइलो प्रदान गरेका थिए । कार्यक्रममा नेपाली संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका वरिष्ठ गायक संगीतकार दिनेश सुब्बा र संगीतकार मुकेश गजमेरको पनि उपस्थिति रहेको थियो । उनीहरु चारै जनालाई सुर्योदय समाजका सल्लाहकारद्वय रमेश श्रेष्ठ अनि केशर पाण्डेले खादा र पुष्प गुच्छाले सम्मानित गरेका थिए ।

परदेशमा रहेर पनि आफ्नो जन्मथलोको आत्मिय निकटता र भईपरी आउने सुख वा दु:खको बेला ऐक्यबद्ध भएर सरसहयोगको सहज हुने कुरोलाई मध्यनजर गरी यसै वर्षदेखि सुरु गरिएको सुर्योदयवासीहरुको कार्यक्रममा आयोजक कमिटीको रुपमा अन्जु योन्जन, सागर सुब्बा, सुमित्रा सुब्बा गोडफ्रे, मुकेश राई, मेनु योल्मो र कविन्द्र श्रेष्ठ रहेका थिए ।

सुर्योदय नगरपालिकाको परिचय
नेपालकै पूर्वीय द्वार इलाम जिल्लाको प्रसिद्ध ९ वटाहरु अर्थात् अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दूध), अम्लिसो, आलु, अन्तुको शिखर र अतिथि सत्कारहरु सबै नै सुर्योदय नगरपालिकाले समेटेको छ । यसका साथै पर्यटकहरुको आकर्षक स्थल कन्याम, अन्तु भिउ टावर, चियाबारी, हरियाली, साना-ठूला नदी-नाला, पोखरी, मठ-मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरताको धनी मानिन्छ ।

साँस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध रहेको यो नगरपालिका कोशी प्रदेशमा पर्ने चौध जिल्लामध्ये एक इलामको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामध्ये एक हो । बिसं २०७१ सालमा फिक्कल, पञ्चकन्या र कन्याम गाविसलाई एकिकृत गरेर सूर्योदय नगरपालिका बनाइएको थियो तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा अन्य गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५ वाहेकको क्षेत्र र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिका पुन संरचना गरेको हो । यो नगरपालिकाको क्षेत्रफल २२५.५२ वर्ग कि.मि. रहेको छ। यो नगरपालिकाको मुख्य सडक मेची राजमार्ग हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!