नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन युकेको वार्षिक साधारणसभा सम्पन्न

SHARE:

लन्डन २७ जुलाई २०२४ । नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन (एनडीआईए)युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार २७ जुलाईका दिन अल्डरसटमा क्याप्टेन रिटायर्ड ताम बहादुर ढेगाको अध्यक्षतामा एनडीआईएको साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमलाई अध्यक्ष क्याप्टेन रिटायर्ड ताम ढेगा, निवर्तमान अध्यक्ष होम राना र संस्थापक अध्यक्ष थर्क सेनले सामूहिक रुपमा पानसमा दिप प्रज्लन गरी औपचारिक रुपमा कार्यक्रम अद्घाटन गरेका थिए ।

सचिव तेज पुनले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष निर्मल सिरिसले आर्थिक विवरण प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनहरु बैठकमा उपस्थित सबै सदस्यहरुले धन्यवादसहित पारित गरेका थिए । साधारण सदस्य/आजीवन सदस्य शुल्कको बारेमा बृहत् छलफल भएको थियो । यसबारे मेजर रिटाइर्ड भोलामान राई, थर्क सेन, नगेन्द्र नेम्बाङले जिज्ञासा राखे तापनि अर्को अधिवेशनसम्मका लागि पहिल्येकै सदस्य शुल्क यथावत् राखिने विषय पारित गरिएको थियो ।


कार्यक्रमको अवसरमा नयाँ सदस्यद्वय एडीआई चन्द्र रसाइली र बुद्ध थापामगरलाई अध्यक्ष क्याप्टेन रिटायर्ड ढेगाले खादा ओढाइ सम्मानका साथ संस्थामा स्वागत गरेका थिए । एसोसिएसनले आगामी मार्च महिनामा डिभिएसएबाट गेस्ट स्पिकर (प्रवक्ता) ल्याएर ज्ञानमूलक कार्यक्रम गर्ने भनी बैठकले पारित गर्‍यो ।

कार्यक्रममा उपाध्यक्ष राज विष्टले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सचिव तेज पुनले सञ्चालन गरेका थिए ।

कार्यक्रमको दोस्रो चरण नेपालबाट आएकी गायिका रेनुका भट्टराईले विभिन्न नेपाली लोक दोहोरी गीत गाएर भरपुर मनोरन्जन दिलाएकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!