बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय दिन माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन

SHARE:

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन सयौं सहभागी थिए । बानेश्वरमा पुगेर सहभागीहरुले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पनि पुगेकी थिइन् । उनीहरुले सहभागीहरुप्रति हात छाडेर अभिवादन गरे । साथै बाबु राज्ञराजले ‘निर्मलालाई न्याय दे’ भन्दै नारा लगाए भने आमा आमा दुर्गादेवीले न्याय दिलाउने आशा पलाएको बताइन् ।


निर्मला घटनाका दोषी अझैं कारबाहीको दायरमा आउन नसकेको अवस्थामा अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा सहभागिहरुले मौन बसेको सरकार किन बढ्दैछ बलात्कार ?,सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा,सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

शनिबार देशका विभिन्न १९ स्थानमा ‘निर्मलाका निम्ति न्याय’ माग्दै प्रदर्शनको आह्वान सामाजिक सञ्जालमार्फत गरिएको थियो ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!