गुल्मी जिल्ला समाज युकेको १६ औं वार्षिक भेला सम्पन्न, के के थिए आकर्षण ?

SHARE:


लन्डन ६ अगस्ट २०२४ । गुल्मी जिल्ला समाज युकेको १६ औं संस्करणको वार्षिक भेला सम्पन्न भएको छ ।

लन्डन फेल्थामको ट्युडोर पार्क लिजर सेन्टरमा आइतबार समाजका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल रहनुभएको थियो । विशेष अतिथि लन्डन ग्रीनवीचका मेयर जीत रानाभाट, एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर, समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्वसांसद डा सूर्य पाठक, गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापा, कार्यक्रमको टाइटल स्पोन्सर सुरेश केसीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा संयोजक एवम् समाजकी उपाध्यक्ष मञ्जु भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो । समाजका अध्यक्ष रुद्र थापाले आफ्नो मन्तव्यमा कार्यक्रम सफल पार्न योगदान गर्ने सबै सहयोगी, सहभागी तथा अतिथिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

भेलामा नेपालबाट आएका राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुतिसँगै प्रथम नौमति बाजा गुल्मी युकेको प्रस्तुति, मौलिक गुल्मेली झ्याउरे, भजन, तीजगीतसहितका विविध कार्यक्रममा सहभागीले मनोरञ्जन लिए । कार्यक्रममा लोकदोहोरी कलाकारहरु सुशिला गौतम, दीपक घर्तीमगर, रेनुका भट्टराई, दिलु सलामीलगायतले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।

त्यस्तै, दीपक माइथाने, अञ्जना सापकोटा, गोमा सापकोटा, पवित्रा सापकोटा, महिमा कंडेल, गरिमा सारु, प्रिसा खत्रीसहितका स्थानीय कलाकारले पनि आकर्षक नृत्य देखाउनुभयो । सांस्कृतिक कार्यक्रमको संयोजन समाजकी सांस्कृतिक सचिव माया केसीले गर्नुभएको थियो ।

 

सोही अवसरमा माया केसी र अर्जुन बस्नेतको संयोजनमा सुनका गरगहनालगायतका आकर्षक पुरस्कारसहितको ‘राफल ड्र’ पनि गराइएको थियो ।

कार्यक्रममा बेलायतभरबाट भेला भएका गुल्मेलीसहित १२ सय भन्दा बढीको सहभागिता रह्यो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!