बेलायतमा रहेका नेपालीहरुलाई सतर्क रहन दूतावासको आग्रह

SHARE:

लन्डन ६ अगस्ट २०२४ । नेपाली दूतावास लन्डनले बेलायतमा रहेका नेपालीहरुलाई सतर्क रहन आग्रह गरेको छ ।

केही दिनदेखि यहाँका विभिन्न सहरमा प्रदर्शन र हुलदंगा चलिरहेको हुँदा त्यस्ता स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिएको हो । नेपाली दूतावासले मंगलबार सूचना जारी गर्दै बेलायतमा भैरहेको दंगाको परिस्थितिलाई नजिकबाट नियालीरहेको जनाएको छ ।

दूतावासले सम्पूर्ण नेपाली नागरिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरु ध्यानपूर्वक पालना गर्न बेलायतस्थित नेपाली संघ संगठनहरुलाई आफ्नो संस्थारसमुदायमार्फत नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

एक साताअघि तीन जना बालिकाको ज्यान जाने गरी भएको चक्कु आक्रमणपछि बेलायतका केही क्षेत्रमा प्रदर्शन एवम् हुलदंगा भइरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!