तथ्यांक भन्छ – ‘बेलायतमा आप्रवासीहरुको भिसा आवेदन संख्या ह्वात्तै घट्यो’

SHARE:


लन्डन १० अगस्ट २०२४ । बेलायतमा आउने आप्रवासीहरुको भिसा आवेदन संख्या ह्वात्तै घटेको एक तथ्यांकले देखाएको छ ।

पछिल्लो एक वर्षमा बेलायतको भिसाको लागि भएका आप्रवासीहरुको कुल आवेदनको संख्या अघिल्लो वर्षको तुलनामा झण्डै एक तिहाईले घटेको तथ्यांकले देखाएको हो । यसको कारण गत वर्ष कञ्जरभेटिभ पार्टी नेतृत्वको सरकारले लागू गरेको इमिग्रेसन कडाई भएको बताइएको छ ।

गत जुलाई महिनासम्मको एक वर्षमा आप्रवासी तथा तीनका परिवार गरी मात्रै ९१ हजार भिसा आवेदन भएका होम अफिसले प्रकाशन गरेको प्रोभिजिनल तथ्यांकले देखाएको छ । जुन संख्या ठीक एक वर्ष अघिको सोही अवधिमा १ लाख ४१ हजार थियो ।

इमिग्रेसनको पछिल्लो कडाइले विदेशी विद्यार्थी तथा केयर क्षेत्रका कामदारलाई परिवार ल्याउने बाटो बन्द गराइदिएपछि भिसा आवेदन संख्यामा भारी गिरावट आएको हो । गत वर्ष भिसा आवेदनहरुमा सबैभन्दा ठूलो गिरावट हेल्थ एण्ड केयर वर्कर भिसामा छ । यो विधामा पछिल्लो एक वर्षमा मात्रै २९ सय आवेदन भएका छन् । जुन अघिल्लो एक वर्षको तुलनामा ८० प्रतिशतले कम हो ।

अपवादबाहेक अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत डिपेन्डेन्ट भिसामा परिवार ल्याउन नपाइने भएपछि उनीहरु आउने क्रम पनि ठप्प जस्तै बनेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको आगमनमा भारी कमी भएपछि पहिले नै आर्थिक दबाबमा रहेका भनिएका बेलायती विश्वविद्यालयहरु थप संकटमा परेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!