तमु समाज यूकेको सातौं कार्यसमितिको पहिलो बैठक, के के भए निर्णय ?

SHARE:

लन्डन ११ अगस्ट २०२४ । तमु समाज यूकेको सातौं कार्यसमितिको पहिलो बैठक विभिन्न निर्णय गर्दै सकिएको छ ।

अध्यक्ष बिन्दु घलेको अध्यक्षतामा शनिबार १० अगष्टमा वेम्बली बार्नहम पार्कस्थित आफ्नै सामुदायिक भवनमा बसेको बैठकले विभिन्न निर्णय गरेको हो । बैठकमा समाजका कार्यसमितिका सदस्य, सल्लाहकारहरु, आमा समूहकी अध्यक्ष लगायत अन्य सदस्यहरुको उल्लेखनीय उपस्थिति थियो ।

बैठक विधिवत रुपमा अगाडि बढाउन समाजकी अध्यक्ष श्रीमति बिन्दु घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ, पूर्व अध्यक्ष अर्जुन गुरुङ, सल्लाहकार काउन्सिलर कमल गुरुङ लगायत अन्य सदस्यहरुलाई क्रमशः आसन ग्रहण गराइएको थियो । कार्यक्रमको शुभारम्भ गर्दै उपाध्यक्ष भिम बहादुर गुरुङले स्वागत मन्तब्य दिए भने महासचिव शुव घलेले हेल्थ एण्ड सेफ्टी बारे जानकारी गराउँदै अघिल्लो बैठकको टिप्पणी पढेर सुनाएका थिए ।

त्यसपश्चात बैठक सिधै विषय वस्तुमा प्रवेश गरेको थियो । छलफलका क्रममा आगामी २५ अगष्टमा तमुधिं यूकेले आयोजना गर्न गइरहेको नेपाली मेलमा एउटा विद्या झाँकीमा भाग लिने तर प्रतिष्पर्धामा भाग नलिने निर्णय भएको छ । बैठकले झाँकीमा गरिने प्रस्तुतिकरण सम्बन्धमा आवश्यक छलफलपछि विभिन्न निर्णय गरेको छ । त्यस्तैगरी बैठकले समाज घर जीर्णोद्धार गर्नु पर्ने बेला भएकाले विकल्पमा अर्को भवन खोज्ने निर्णय पनि गरेको छ । त्यसका लागि निकट भविष्यमै एउटा समिति गठन गरेर काम अगाडि बढाउने निर्णय गरिएको छ ।

बैठकले आउँदो ३१ अगष्ट २०२४ का दिन महिलाहरुको महान पर्व हरितालिका तीज मनाउने निर्णय गरेको छ । उक्त अवसरमा तमु समाज आमा समूह र युथ ग्रुपका नयां पदाधिकारीलाई अध्यक्ष श्रीमति बिन्दु घले र निवर्तमान अध्यक्ष श्रीमति उमा देवी गुरुङको हातबाट सम्मान गर्ने निर्णय भएको छ ।

आमा समूहको कमिटीमा श्रीमति विमला गुरुङको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको छ भने युथ ग्रुपमा प्रज्वल गुरुङको अध्यक्षतामा ९ सदस्यीय कमिटी पनि गठन भइसकेको छ । बैठकमा छैटौं कार्यसमितिका निवर्तमान अध्यक्ष शिव कुमार गुरुङले सातौं कार्यसमिति अध्यक्ष श्रीमति बिन्दु घलेलाई सम्पूर्ण कागजात एवं चलअचल सम्पत्ति बुझबुझारथ गरेका छन् । संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको रोहबरमा सबै कागजात हस्तान्तरण गरिएको थियो ।

त्यसपछि नयाँ कार्यसमितिका अध्यक्ष र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले पुरानो समितिका सबै पदाधिकारी र सल्लाहकारहरुलाई खादा, फूल, पछ्यौरा साथै मायाको चिनो प्रदान गरेर विदाई गरे भने नयाँ सातौं कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सल्लाहकारहरुलाई वर्तमान अध्यक्ष श्रीमति बिन्दु घलेले खादा लगाएर स्वागत तथा सम्मान गरिन् । अन्तमा अध्यक्ष घलेले सबैप्रति आभार व्यक्त गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन् ।

मनोरञ्जन कार्यक्रम अगाडि बढाउनु पूर्व समाजका आजीवन सदस्य जगदीश गुरुङ सोपाल समाज यूकेको अध्यक्ष चयन भएकामा बधाई तथा शुभकामना र हाल बेलायतमा रहेका मोटिभेसनल स्पिकर इन्द्र गुरुङ र उनकी धर्मपत्नी श्रीमति राजेश्वरी गुरुङ (श्रेष्ठ), पुत्र रोनाल्ड गुरुङ एवं राष्ट्रिय कलाकारद्वय राजन गुरुङ र रेणुका भट्टराईलाई समाजकी अध्यक्ष श्रीमति बिन्दु घले र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले खादा, फूल र प्रमाण पत्र प्रदान गरेर स्वागत सम्मान गरे ।

अतिथि विद्वान् इन्द्रबहादुर गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले धन्यवादसहित संक्षिप्त मन्तव्य दिएका थिए । त्यसपश्चात लोक गायक गायिका राजन गुरुङ र रेणुका भट्टराईको लोकप्रिय गीतमा सहभागीले रमाइलो गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!