
लन्डन १२ अगस्ट २०२४ । इलाम समाज बेलायतको वार्षिक भेटघाट सम्पन्न भएको छ ।
यही शनिबार १० अगस्ट २०२४ मा अध्यक्ष टेकबीर राईको अध्यक्षतामा स्यामुयल कोडी स्कुल फार्नबोरोमा समाजको वार्षिक भेटघाट सम्पन्न भएको हो । औपचारिक कार्यक्रम सुरुआतमा महासचिव याम गुरुङले स्वास्थ्य र सुरक्षाबारे संक्षिप्त जानकारी गराएका थिए । स्वागत मन्तव्य उपाध्यक्ष धनबहादुर राईले गरेका थिए ।
कार्यक्रम उद्घाटन प्रमुख अतिथि नेपाली दूतावास लन्डनका द्वितीय सचिव रामबाबु नेपाल, समाजका अध्यक्ष टेकवीर राईले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । दिप प्रज्वलनपछि नेपालको राष्ट्रिय गीत पनि बजाएका थिए ।

कार्यक्रममा नेपाली दूतावास लन्डनका द्वितीय सचिव प्रमुख अतिथि रामबाबु नेपाल, गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहामगर र बेलायतमा सक्रिय विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधिहरु अतिथि रहेका थिए । अथितिहरु धनकुटा समाज युकेका उपाध्यक्ष गणेश जबेगु, पाँचथर समाज सेवा युकेका उपाध्यक्ष एवं एभरेष्ट टाइम्सका प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्बाङ, तेह्रथुम समाज सेवा युकेका उपाध्यक्ष मिलन गुरुङ, भोजपुर समाज सेवाका प्रतिनिधि देवेन्द्र राई, संखुवासभा सेवा समाज युकेका अध्यक्ष हेमा गुरुङ राना, समाजका सल्लाहकारहरु प्रमिला लाबुङ राई, कमल राई, राजेन्द्र राई ,कृष्ण देवान, गजेन्द्र कटुवालको उपस्थिति रहेको थियो ।
निवर्तमान अध्यक्ष प्रमिला लाबुङ राईलाई एनआरएनएका महासचिव र पत्रकार महासंघ उपाध्यक्षमा निर्वाचित भएकोमा खादा र पुष्पगुच्छाले सम्मान गरेका थिए । यस्तै उच्च शिक्षा हासिल गर्न सफल भान्जा प्रयास राईलाई पनि सम्मान गरिएको थियो ।
प्रमुख अतिथि रामबाबु नेपाल, विशेष अतिथि प्रेम गाहामगर र अतिथि शिवजी श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बेलायतका विभिन्न ठाउँहरुमा बसोबास गर्दै आएका इलामेली र गैर इलामेलीहरुको बाक्लो उपस्थिति थियो । अथिति सत्कार सम्मानमा संस्थाका उपाध्यक्ष मिरा गुरुङ खटिएका थिए ।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष टेकवीर राईले सम्पूर्ण अतिथिलगायत उपस्थित महानुभावहरु साथै संस्थाका पदाधिकारी तथा सदस्यहलाई कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद दिए ।

दोस्रो चरणको साँस्कृतिक कार्यक्रम गायक चोक गुरुङले संचालन गरेका थिए । कार्यक्रममा कलाकारहरुले प्रस्तुत गरेको गायन र नृत्यमा सहभागीहरु झुमेका थिए । इलाममै जन्मिएका गायक तथा संगीतकार गणेश पराजुली, उनकी धर्मपत्नी यशोदा पराजुलीले चर्चित गीतहरु प्रस्तुत गरेका थिए । गायक दिपेन गुरुङले नेपाली, इलामेली गीतहरु गाएर भरपूर मनोरञ्जन दिलाएका थिए ।







