जय तामाङ
लन्डन १४ अगस्ट २०२४ । नेपाली ख्रीष्टियन चर्च युके दक्षिण पश्चिम क्षेत्रको संयुक्त आराधाना संगतीको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
यही अगस्ट ११ तारिख आइतबार अल्डरसटस्थित होली ट्रिनिटी चर्चमा दक्षिण पश्चिम क्षेत्रका ९ बटा चर्चहरु मिलेर उक्त कार्यक्रम गरेका हुन् । कार्यक्रममा हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी दिँदै रुपेशले संचालन गरेका थिए । कोर टिमका अगुवा पाना लिम्बूले स्तूती प्रशंसाको भागलाई अगुवाई गरेकी थिइन् ।

डिकन लुकासले याकुबको पुस्तकलाई आधारित कविता वाचन गरेको थियो भने डिकन रेखाले नेपाली ख्रीष्टियन चर्च युकेको केही सूचनाहरु सुनाएकी थिइन् । पास्टर अमृत केसीले भेटी र वचनको लागि प्रार्थना गरेका थिए ।
नेपालबाट केही समयका लागि बेलायत आएका पास्टर मोहन
खड्कीले जसरी मोबाइलको ब्याट्री सकिएपछि चार्ज गर्नु जरुरी छ त्यस्तैगरी ख्रीष्टियनहरु पनि परमेश्वर प्रतिको विश्वासलाई बढाउन सँधै बाईबल अध्ययन गरेर नियमित चर्च आउनु पर्नेमा जोड दिएका थिए ।
त्यस्तै पास्टर खड्कीले हाम्रो हृदयको ढोकामा रहेको ढुंगालाई हटाउनु पर्छ भनेर बचन बाँडेका थिए । एल्डर मेख थापाले उपस्थित सम्पूर्ण चर्चका सदस्यहरुलाई धन्यवाद दिएका थिए । त्यस्तै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण चर्चका सदस्यहरुलाई पनि धन्यवाद दिइएको थियो ।
अन्त्यमा पास्टर लक्ष्मी लिम्बूले अन्तिम प्रार्थना गरेर कार्यक्रमलाई समापन गरेकी थिइन् ।








