टिम आइ गुरुङको मेची महाकाली खोज—यात्रा

SHARE:

हुम तमु
पोखरा । लेखक टिम आइ गुरुङको एक महिने मेची महाकाली खोज यात्रा बिहीबार पोखरामा समापन गरिएको छ ।
दोस्रो विश्वयुद्ध र त्यसपछिका विभिन्न विद्रोहमा गोर्खा सैनिकका सहभागिता, वीरता र व्यथा बुझ्न महिना दिन अघि लेखक गुरुङले थालेको मेची महाकाली खोज—यात्रा पत्रकार सम्मेलन गरी पोखरामा समापनको घोषणा गरिएको हो । कास्की, धम्पुसमा जन्मेर र विगत चार दशकदेखि हङकङलाई कर्मथलो बनाएका लेखक टीम आई. गुरुङले बेलायत, बर्मा, सिंगापुर र मलेसिया लगायतका मुलुकको अध्ययन भ्रमणपश्चात् गोर्खाली थातथलो नेपालको महिनादिने यात्रा गरेका थिए ।

भ्रमणको क्रममा खोजकर्ता गुरुङले २५ जिल्लाका एक सय वर्षसम्मका ५ महिलासमेत ७० जना निवृत्त सैनिकहरुसँग भेटवार्ता गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । ‘युद्धका बेला १४÷१४ दिनसम्म जंगली झारपातका भरमा ज्यान धानेर घर फर्केकाहरु पनि भेटिए, पल्टनमा बिरामी भएपछि रित्तो हात फर्काइएकाहरु पनि पाएँ’, लेखक.गुरुङले भने, ‘दर्जनांै दस्तावेज पढिसकेपछि र आधा दर्जन जति देशको अध्ययन भ्रमण गरेपश्चात् म यस निचोडमा पुगेँः यस विषयमा सोधखोज भएकै छैन, यो अझै ओझेलमै छ ।’ झण्डै ३० मुलुकको भ्रमण गरिसकेका उनले विश्वसामु नेपाललाई चिनाउने सगरमाथा, भगवान बुद्ध र गोर्खाज् पनि एकभएकाले व्यक्तिगत रुपमा सोधखोजमा जुटेको बताए ।

धेरै दस्तावेज समीक्षा र विभिन्न देशको अध्ययन भ्रमणपश्चात् उनले गार्खाज्सम्बन्धी पुस्तकको मस्यौदासमेत तयार गरिसक्नुभएको बताए । मस्यौदालाई पुस्तकको शरिरको संज्ञा दिएका उनले मेची महाकाली अभियान आरम्भअघि आफ्नो कृतिको आत्मा खोज्न नेपाल आएको बताएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!