क्होइबों निर्माणार्थ सेप्टेम्बर २२ मा च्यारिटी कार्यक्रम गर्दैछौं : मेजर (रि) खुशीमान गुरुङ

SHARE:

मेजर (रि) खुशीमान गुरुङ

अध्यक्ष, तमु प्हे ल्हु संघ, युके

मौलिक धर्म, भाषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने मुख्य उद्देश्यले सन् २००५ मा तमु प्हे ल्हु संघ युकेको स्थापना भएको हो । तमु समुदायमा आपसी भाइचाराको सम्वन्ध विकास गर्दै धर्म, भाषा, संस्कृति र परम्पराको संरक्षणमा योगदान दिँदै आएको संघले सामुदायिक भवन तथा तमुहरुको मन्दिर (क्होइबों) निर्माण परियोजना अघि सारेको छ । त्यस्तै प्ये ताँ ल्हुँ ताँ संरक्षण परियोजना र युवा जागरण परियोजना पनि अघि सारेको छ । यी परियोजना सफल रुपमा सम्पन्न गर्नका लागि संघले के कस्ता कार्यक्रमहरु गरिरहेका छन् त ? भन्ने सन्दर्भमा संघका अध्यक्ष मेजर (रि) खुसीमान गुरुङसँग एभरेष्ट टाइम्स साप्ताहिकले गरेको कुराकानी–

तपाईहरु तमुहरुको मन्दिर (क्होइबों) तथा सामुदायिक भवन निर्माणको प्रक्रिया थालेको पनि तीन वर्ष बितिसकेको छ । अहिले के भइरहेको छ ?

क्होइबो निर्माण प्रक्रिया विगत तीन वर्षदेखि चलिरहेको छ । धेरै अगाडि बढिरहेका छौं । अब हामीले एकदेखि डेढ वर्षसम्ममा निर्माण पूरा गर्ने लक्ष्य लिएका छौं ।

क्होइबों कहाँ, कसरी बन्दैछ ?
हामीले गएको तीन वर्षमा अर्थ संकलनका साथै भवन निर्माणका लागि सुहाउँदो जग्गा हेर्ने काम भएको छ । रिडिङको छेउमा हामीलाई सुहाउँदो जग्गा प्राप्त भएको छ । त्यसको प्रक्रिया अगाडि बढाएका छौं । पाँच छ महिना लाग्नसक्छ । यो प्रक्रिया पूरा गरेपछि भवन निर्माणका लागि अझै १८ महिना जस्तो लाग्छ । सो भवन निर्माणका लागि एक देखि साढे एक मिलियन पाउण्ड लाग्ने अनुमान गरेका छौं ।

भनेपछि डेढ वर्षपछि आफ्नै क्होइबोंबाट पूजाआजाका साथै अन्य सामाजिक काम गर्न सकिने भयो त ?
हाम्रो मुख्य लक्ष्यचाहिँ तेही नै हो । यही १८ महिनाभित्र क्होइबोंका साथै सामुदायिक भवन निर्माण गर्ने योजना छ । जसले गर्दा तमुहरुको संस्कार, संस्कृति, धर्म र परम्पराको पनि कार्य गर्नका सहज हुनेछ ।

यही क्होइबों तथा सामुदायिक भवन निर्माण सहयोगार्थ नै तपाईहरुले च्यारिटी कार्यक्रम पनि गर्दै हुनुहुन्छ ?
सामुदायिक भवन तथा क्होइबों निर्माणका लागि आर्थिक संकलन अभियान संचालन गरेको लामो समय भइसकेको छ । पहिला पनि हामीले दुई वटा कल्याणकारी रात्रीभोज आयोजना गरेका छौं । त्यसमा निकै राम्रो धनराशी संकलन गर्न सफल भएका छौं । त्यसपछि हामीले घरदैलो कार्यक्रममार्फत पनि आर्थिक संकलन गरेका छौं । तमुहरुको बस्ती रहेको स्थानमा गएर परियोजनाको पूर्ण विवरण प्रस्तुत गरेर सहयोगका लागि आव्हान गरेका थियौं । उहाँहरुले राम्रो मद्दत प्राप्त भएको छ । युवाहरुलाई पनि यो परियोजनामा सहभागी गराउनका लागि ठाउँठाउँमा कार्यक्रम गरियो । केन्द्रमा पनि कार्यक्रम ग¥यौं, त्यहाँबाट पनि निकै राम्रो धनराशी प्राप्त ग¥यौं । अहिलेसम्म विभिन्न संघसंस्था र व्यक्तिहरुबाट सहयोग स्वरुप प्राप्त भएको रकम झण्डै आठ लाख जति संकलन गरेका छौं । अन्य संघसंस्थाहरुलाई पनि आव्हान गर्दै यही सेप्टेम्बर २२ का दिन कल्याणकारी रात्रीभोजको कार्यक्रम आयोजना गरेका छौं । युकेमा रहेका संघसंस्था र समाजहरुले अवश्य पनि उपस्थित भएर र उपस्थित हुन सकेन भने पनि आर्थिक मद्दत दिनुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।

आर्थिक सहयोग संकलन अभियानमा पाउनुभएको साथ सहयोगबारे सन्तुष्ट हुनुहुन्छ ?
तमु प्हे ल्हु संघ युकेको अध्यक्षको कार्यभार सम्हाल्नु अघि सल्लाहकारको रुपमा पनि सहयोग गरिरहेको अवस्था थियो । २०१५ मा पहिलो रात्रीभोजको आयोजना गर्ने अवसर मिलेको थियो । एकै दिनमा झण्डै एक लाख ४५ हजार पाउण्ड संकलन गरेका थियौं । यसमा सम्पूर्ण नेपाली र तमुहरुको सहयोग थियो । यो पुण्य कामका लागि मद्दत दिइरहेको छ । हामी खुशी छौं ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!