काठमाडौँ २५ अक्टोबर २०२४ । इन्डोनेसियाको कार्सटेन्ज पिरामिड आरोहण गरेर फर्किएका निर्मल पुर्जालाई नेपालमा भव्य स्वागत गरिएको छ । आरोही पुर्जालाई शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो।
सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो कार्सटेन्ज पिरामिड आरोहण गरेर नयाँ कीर्तिमानका साथ पुर्जा नेपाल फर्किएका हुन्। कार्सटेन्ज पिरामिड चुचुरोमा उभिएर पुर्जाले आफ्नो सेभेन समिट च्यालेन्ज पूरा गरेका छन्।
उनले दुई वर्ष चार महिना २८ दिनमा विश्वका १४ अग्ला चुचुरा अक्सिजन बिना आरोहण गरी २ अक्टोबर २०२४ मा विश्व कीर्तिमान कायम गरेका थिए।
त्यसपछि कार्सटेन्ज पिरामिड आरोहण गरेर सेभेन समिटको सातै समिट उक्लेर नेपाल फर्किएका हुन्।






