काभ्रे सोसाईटी यूकेद्वारा बाढीपहिरो प्रभावितलाई १० लाखभन्दा बढी सहयोग

SHARE:

लन्डन ३१ अक्टोबर २०२४ । काभ्रेपलाञ्चोक जिल्लामा अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई काभ्रे सोसाईटी यूकेले १० लाखभन्दा बढी आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

काभ्रे सोसाईटी यूकेले बेलायतमा संकलन गरिएको राहत रकम जिल्लाको १३ वटा पालिकाका ७९ परिवारलाई १२ हजार ७ सय रुपैयाँका दरले वितरण गरिएको हो । यूकेमा बसोबास गर्ने नेपालीबाट संकलित सहयोग रकम बुधबार पीडित परिवारलाई हस्तान्तरण गरेको काभ्रे सोसाईटी यूकेका कोषाध्यक्ष जीवन थापाले बताए ।

जिल्लाका स्थानीय तहहरुको समन्वयमा विपद्‌मा ज्यान गुमाएकाका परिवारलाई रकम प्रदान गर्ने काम भइरहेको उनले जनाए । गृहजिल्ला काभ्रेमा बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति काभ्रे सोसाईटी यूकेका अध्यक्ष नारायण फुँयाल, सल्लाहकार तस्वीर लामाको संयोजनमा यूकेमा बसोबास गर्ने नेपालीहरुबाट आर्थिक संकलन गरिएको उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!