
हङकङ ९ नोभेम्बर २०२४ । मगर संघ हङकङका अध्यक्ष भूतपूर्व भारतीय गोर्खा सैनिक यामबहादुर बुढाथोकी मगरको निधन भएको छ ।
भारतीय गोर्खा भूपू संघ हङकङका सल्लाहकार तथा संयोजक यामबहादुरको शनिबार ९ नोभेम्बर २०२४ मा निधन भएको हो । उनी बागलुङ समाज हङकङका पूर्वअध्यक्षसमेत थिए । यामबहादुरको निधन हृदयघातका कारण भएको अनुमान गरिएको छ ।
बागलुङ समाज हङकङका अनुसार यामबहादुर सन् १९६४ जुलाई २० मा जन्मिएका थिए ।
यामबहादुरको निधनमा लाङ्घाली कल्याण समाज हङकङ, बागलुङ ढोरपाटन समाज हङकङलगायत संघ संस्था तथा व्यक्तिहरुले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनीहरुले यामबहादुरका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।






