किरात राई यायोक्खा बेलायत रसमूरमा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन

SHARE:

  • प्रमिला लाबुङ राई

लन्डन १७ नोभेम्बर २०२४ । किरात राई यायोक्खा बेलायत रसमूरमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

मेयफेर कम्युनिटी सेन्टर फानबोरोमा सम्पन्न प्रारम्भिक कार्यसमितिको सातौँ अधिवेशनले खड्क राईको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा धन राई, उपाध्यक्षमा प्रेम राई, नमिता राई, नवराज राई, लक्ष्मी राई र कृष्ण राई, सचिव जय पुमा राई, सहसचिवमा तिलक राई र दिलु राई, कोषाध्यक्ष नवराज राई (माइला), सहकोषाध्यक्ष पदमा राई र भविन्द्र राई चयन भएको निर्वाचन मण्डलले जनाएको छ ।

यस्तै सदस्यमा मेनुका राई, मिना राई, कमल राई, अमृत राई, जसुधा राई, गणेश राई, बेद राई, नविन राई, राजेन राई, नरेश राई, सैलेश राई, मनिराम राई, दयिन्द्र राई, भक्त राई, मिनकुमार राई, युगल राई र सनम राई चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति प्रमुख जितेन्द्र राईले शपथ गराएका थिए ।

प्रमुख अतिथि किरात राई यायोक्खा बेलायतकी उपाध्यक्ष प्रमिला लाबुङ राई र किराया रसमूर शाखा अध्यक्ष ध्रुवसरी राईले दीप प्रज्वलन गरी समुद्घाटन गरेका थिए ।

कार्यक्रम खुलासत्र र बन्दसन्त्र गरी दुई भागमा विभाजन गरिएको थियो । औपचारिक कार्यक्रम हुनुभन्दा अगाडि संस्थाका उपाध्यक्ष प्रेमबहादुर राईले सुरक्षाका बारेमा जानकारी गराए । सचिव जय पुमा राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष धन राईले राखेका थिए ।

अधिवेशनमा किरात राई यायोक्खा बेलायतका निवर्तमान अध्यक्ष चन्द्रबहादुर राई, पूर्वअध्यक्ष रामधन राई साथै शाखाका निवर्तमान अध्यक्ष परशुराम राईले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाको सांगठानिक प्रतिवेदन सचिव जय पुमा राईले पेस गरे भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष नवराज राईले पेस गरेका थिए ।

अध्यक्ष ध्रुवसरि राईले दुई कार्यकालभरि सहयोग गर्ने कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद दिँदै वर्तमान कार्यसमिति विगठन गरी संस्थाको सम्पूर्ण जिम्मा निर्वाचन मण्डललाई दिएका थिए ।

निर्वाचन मण्डलमा प्रमुख किरात राई यायोक्खा बेलायतका निवर्तमान उपाध्यक्ष जितेन्द्र राई, सचिव प्रमिला लाबुङ राई र सदस्य थामबहादुर राई रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!