सीएनसीबीजी यूकेद्वारा नेपालका बाढी, पहिरोपीडितका लागि ५ लाख सहयोग हस्तान्तरण

SHARE:

दल बुढाथोकी मगर

लन्डन १८ नोभेम्बर २०२४ । बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) यूकेले नेपालका बाढी, पहिरो पीडितका लागि ५ लाख सहयोग हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी आइतबार २ मंसिर २०२४ तदानुसार १७ नोभेम्बर २०२४ मा सीएनसीबीजीका उपाध्यक्ष दलबहादुर बुढाथोकीको नेतृत्वको १४ सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार पुगी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

प्राकृतिक विपद् र भवितव्यका बेला गोर्खाहरुले सधैं अग्रणी भूमिकामा रहेर सहयोग गरेको भन्दै सीएनसीबीजीले पछिल्लो पटक नेपालमा अविरल वर्षापछिको बाढी, पहिरोबाट प्रताडित नागरिकका लागि सहयोग गर्न अपिल गरेको थियो ।

सहयोग हस्तान्तरणका क्रममा प्रधानमन्त्री ओलीसँग भूपू गोर्खा सैनिक र तिनका छोराछोरीहरुको नेपाली नागरिकता निरन्तरताको बारेमा पनि छलफल भएको छ । सीएनसीबीजी यूके नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार भर्ती भएका गोर्खा र निजका सन्ततीहरुका लागि वंशजको नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने व्यवस्था रहेकोले सोहीबमोजिम ऐन संशोधन गर्नुपर्ने मागसहित आइतबार २ मंसिर २०२४ तदानुसार १७ नोभेम्बर २०२४ मा सीएनसीबीजीका उपाध्यक्ष दलबहादुर बुढाथोकीको नेतृत्वको १४ सदस्यीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार पुगी ज्ञापनपत्र बुझाएको हो ।

‘ज्ञापनपत्रमा नेपाली नागरिकता ऐन २०६३ को दफा १०(१)ले विदेशमा रहेका गोर्खा र निजसँग सम्बन्धित परिवारलाई अप्ठ्यारो परेको तथा अनागरिक बनाउने भएको हुँदा सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार भर्ती भएका गोर्खा र निजका सन्ततिहरुका लागि वंशजको नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ भन्ने रहेको छ भन्दै ऐन संशोधन गर्ने माग राखिएको छ,’ सीएनसीबीका अध्यक्ष थर्क रानाले भने ।

ज्ञापनपत्र बुझाउने बेला रक्षामन्त्री मानबिर राई, गृहमन्त्रालयका सहसचिव तथा संविधान संशोधनका संयोजक डा. टोकराज पाण्डे र गृहमन्त्रालय सचिवालयकी कर्मचारी प्रदर्शनी कुमारीलगायत पनि प्रधानमन्त्री ओलीसँगै थिए । नागरिकताको कुरा गृह मन्त्रालयसँग सम्बन्धित भएर प्रधानमन्त्री ओलीले उनीहरुलाई पनि बोलाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!