तमु समाज यूकेले आगामी ४ जनवरीमा तमु ल्होछार मनाउने, के छ आकर्षण ?

SHARE:


लन्डन २२ नोभेम्बर २०२४ । विभिन्न कार्यक्रमसहित तमु समाज यूकेले आगामी ४ जनवरी २०२५ मा तमु ल्होछार मनाउने भएको छ ।

बाइरन हल ह्यारो लेजर सेन्टरमा तमु समुदायको महान् चाड तमु ल्होछार मनाउन लागिएको तमु समाज यूकेले जनाएको छ । ‘राष्ट्रिय पर्व तमु सप्रि-ल्हो ल्होछार तथा सांस्कृतिक कार्यक्रम-२०८१’नाम राखिएको कार्यक्रममा तमु जातिको मौलिक संस्कार, संस्कृति र परम्परा झल्किने बृहत् सांस्कृतिक कार्यक्रमसँगै शुभकामना आदानप्रदान हुनेछ ।

सो अवसरमा नेपालबाट आउने चर्चित कलाकारका साथमा तमु समाज यूकेका कलाकारको बेजोड प्रस्तुति तथा डिजे धमाका हुनेछ । ल्होछारलाई नयाँ वर्षका रूपमा मनाइन्छ । जसअनुसार यस वर्ष मुप्रि-ल्हो (गिद्ध वर्ग) लाई बिदाइ गर्दै सप्रि-ल्हो (सर्प वर्ग) लाई स्वागत गरिनेछ ।

सप्री ल्हो ल्होछार २०८१ को संयोजकको जिम्मेवारी संस्थाका उपाध्यक्ष केदार गुरुङलाई दिइएको छ । २८ डिसेम्बरमा गर्ने दशाग्रह शान्तिपूजाको धार्मिक संयोजक हरिमान गुरुङ र आमा समूहका अध्यक्ष विमला घलेलाई जिम्मा दिइएको समाजले जनाएको छ । साथै सांस्कृतिक कार्यक्रमका लागी पूर्वसांस्कृतिक सचिव सरु गुरुङ र आमा समूहका अध्यक्ष विमला घलेलाई जिम्मेवारी दिइएको छ । यस्तै, अतिथि पत्राचार महासचिव सुब घले र पूर्वअध्यक्ष अर्जुन कुमार गुरुङले गर्नेछन् ।

बेलायतमा रहेका तमु तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई तमु समाज यूकेले अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!