बालबालिकामा लोकप्रिय लिटल बेबी बम युट्यूब च्यानल बिक्री

SHARE:

विश्वको लोकप्रिय मध्येको एक युट्युब च्यानल ‘लिटल बेबी बम’बिक्री भएको छ । च्यानलले साना बालबालिकाहरुलाई मन पर्ने खालका राइमहरु कार्टुन बनाएर प्रस्तुत गर्थ्यो ।

लिटल बेबी बम नामक च्यानल सन् २०११ मा लण्डन निवासी एक जोडिले स्थापना गरेका थिए । यो अवधिमा यो १७.५ अर्ब पटक हेरिएको छ । यस च्यानलाई मुनबग नामक संस्थाले किनेको छ । ब्लुमबर्गका अनुसार यसको बिक्रि मूल्य खुलाइएको छैन ।

विज्ञहरुको अनुसार यो युट्युव च्यानलको लागि दशौं लाख पाउण्ड तिरिएको हुनुपर्छ । हामीले ब्राण्डलाई नयाँ स्तरमा लानेबारे सोचिरहेका थियौं,” च्यानलका सहसंस्थापक डेरेक होल्डरले भने,“ हामीले मुनवगको पछाडि को को छन् त्यसलाई हेरौं र तिनको योजनाहरुबारे पनि ख्याल गर्रौं । त्यो भनेको त्यसको कोरलाई यथावत राख्ने भन्ने हो तर विश्वभर रहेका टीभीहरुको लागि भागहरु बनाउने भन्ने हो ।”

उनले ‘असाधरण यात्रा’ पछि ब्राण्डलाई हस्तान्तरण गर्ने उचित समय आएको पनि बताए । लिटल बेबी बमले लामो भिडियोहरु प्रकाशित गथ्र्यो । सामान्यतया एक घण्टाको हुने भिडियोहरुमा काटुन पात्रहरुले नर्सरी राइम्सहरु गाएको देखाइन्थ्यो । सन् २०१५ मा होल्डले बेलायती पत्रिका गार्डियनसगको कुराकानीमा भिडियोको लागि धेरै जसो अवधारणाहरु उनको श्रीमतीको हुने बताएका थिए ।

उनले त्यो क्रममा आफूहरुले भिडियोलाई सोचविचार गरेरनै लामो बनाएको बताएका थिए । स्थापना यता उक्त युट्युव च्यानल साप्ताहिक रुपमा भिडिया अपलोड गर्ने, च्यानलको विषयवस्तु समेटेर
म्यागजिन र खेलौनाहरु उत्पादन गर्ने स्तरमा पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!