कीर्तिमानी आरोही हरिबुढामगरलाई बेलायतको ‘एमबिई’ सम्मान

SHARE:

लन्डन ८ डिसेम्बर २०२४ । कीर्तिमानी आरोही पूर्वगोर्खा हरिबुढामगर बेलायतमा प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएका छन् ।

घुँडाभन्दा माथिको दुबै खुट्टा गुमाएका व्यक्तिमा पहिलोपटक सगरमाथा आरोहण गर्नुभएका बुढामगर बेलायतको ‘एमबिई’ सम्मान पाएका हुन् । यो पुरस्कार बेलायतको तेस्रो प्रतिष्ठित सम्मान हो । बुढामगरलाई बेलायती राजाको तर्फबाट राजकुमारी एनले बुढामगरलाई पुरस्कार प्रदान गरेकी हुन् ।

दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने र अरूको लागि उदाहरणीय काम गरेर महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरूका लागि एमबिई पुरस्कार प्रदान गरिन्छ । पुरस्कार ग्रहणपछि कीर्तिमानी आरोही बुढामगरले आफूलाई एमबिईबाट सम्मानित भएकोमा ‘एकदमै अद्भुत महसुस’ गरेको बताए ।

बुढामगरले २०१० मा अफगानिस्तानमा ब्रिटिश सेना कार्यरत हुँदा विद्रोहीले थापेको आइडी (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस) विस्फोटमा दुबै खुट्टा गुमाएका थिए । उनले सन् २०२३ मा सगरमाथा आरोहरण गरेर कृतिमान कायम राखेका थिए । मगरलाई अपांगता सचेतना सेवाहरूको लागि एमबीई बनाइएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!