
लन्डन १८ डिसेम्बर २०२४ । पैंयु खोला तमु समाज युकेको सातौं कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
१४ डिसेम्बर २०२४ मा फेल्थाम कम्युनिटी हलमा आयोजित तमु ल्होसार (सप्ह्री ल्होसार) महोत्सव कार्यक्रमका अवसरमा छैटौं कार्यसमितिले सातौं कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
सातौं कार्यसमितिको अध्यक्षमा पूर्णबहादुर गुरुङ, प्रथम उपाध्यक्षमा चकराज गुरुङ, द्वितीय उपाध्यक्षमा भवानी गुरुङ, महासचिवमा भुवन गुरुङ, सचिव अमर गुरुङ, कोषाध्यक्षमा तेजमान गुरुङ र सहकोषाध्यक्षमा बिक्रम गुरुङ छन् ।
यस्तै एडमिनिस्ट्रेटिभ मेम्बरमा अमरबहादुर गुरुङ, फुड मेम्बर मिनबहादुर गुरुङ, एसिस्टेन्ट फुड मेम्बर निमबहादुर गुरुङ, ड्रिंक मेम्बर कृष्ण गुरुङ, एसिस्टेन्ट ड्रिंक मेम्बरमा कुमार गुरुङ, कल्चर मेम्बरमा मिन गुरुङ र एसिस्टेन्ट कल्चर मेम्बरमा नरप्रसाद गुरुङ रहेका छन् ।
अध्यक्ष नरबहादुर पर्जु तमु एमभिओ बीईएमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका लागि चन्दा दिनेहरुलाई समाजबाट विशेष सम्मान गरिएको थियो । सम्मानित हुने चन्ददाताहरुमा सुनिता पर्जु तमु, विशाल र बिकी टु क्ल्हेप्री तमु, बसन्त पर्जु तमु तथा श्रीमती लौमाया मैन तमु, क्याप्टेन नबीन पर्जु तथा श्रीमती जुनिका लेम तमु छन् ।
यस्तै कार्यक्रममा समाजको आजीवन सदस्यता लिएकाहरु साथै नेपालबाट बेलायत भ्रमणमा आएका समाजका सदस्यहरुलाई अध्यक्ष क्याप्टेन नरबहादुरले सदस्यतापत्र र कदरपत्र प्रदान गरेका थिए । ल्होसार कार्यक्रममा अतिथि कलाकार रेजिना परियारको बेजोड गायन प्रस्तुति रहेको थियो ।
औपचारिक कार्यक्रम संचालन समाजका वर्तमान महासचिव भुवन पर्जु तमुले, सांस्कृतिक कार्यक्रमको संचालन दुर्गा योज तमु र सृजना तमुले गरेका थिए ।






