भव्य रुपमा मनाइयो बेलायतको बेजिङस्टोकमा चासोक तङ्नाम

SHARE:

बिजय लिङथेप
लन्डन १८ डिसेम्बर २०२४ । बेजिङस्टोक निवासी लिम्बू समुदायले लिम्बुहरुको महान् पर्व चासोक तङ्नाम भव्यताका साथ मनाएका छ्न् ।

बेजिङस्टोक शाखा अध्यक्ष शान्तिमाया नाल्बोको अध्यक्षतामा भएको कार्यक्रम भएको हो । दीपप्रज्वलनबाट सुरु भएको औपचारिक कार्यक्रम संचालन सचिव धन माबो गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष ज्ञानेन्द्र मेन्याङ्बोले राखेका थिए । हेल्थ एन्ड सेफ्टी जानकारी प्रिया लिङ्थेपले दिएका थिए ।

बिहान १० बजे किराँत धर्मअनुसार कल्पना आङबुहाङ वाराङहाङ र चन्द्रकला लिम्बूद्वारा पूजापाठबाट सुरुआत गरिएको कार्यक्रम रातको १० बजेसम्म चलेको थियो । सोही दिन आयोजित समाजको वार्षिक साधरणसभामा शाखाका प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो ।

स्थानीय कलाकारहरुद्वारा केलाङ, हाक्पारे र पालामले सभालाई मनोरन्जनपूर्ण बनाएको थियो भने नेपालबाट आएका गायक बर्बिम शेर्मा र गायिका गंगा फेयकले भरपुर मनोरन्जन गराएका थिए । साथै राफल ड्र मा सबैको ध्यानाकर्षण भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेका प्रतिनिधि महेश वनेम, स्थानीय समाज बीएनसीका ओम गुरुङ, किरात राई यायोक्खा शाखा अध्यक्ष शिवधोज राई, केवाईसी यूकेका पूर्वअध्यक्ष तिलबिक्रम सम्बाहाङ्फे, सुभास जबेगु, शाखाका पूर्वअध्यक्ष लिङ्थेप, अमृता पालुङ्वा सबेनहिम, चन्द्र बेघा, रसमुर शाखाका पूर्वअध्यक्ष व्यापारी जित मेन्याङ्बो र रिडिङ शाखाका पूर्वसचिव एलबी सुब्बा, समाजसेवी निशा शर्मा, स्थानीय व्यापारी बल थापा लगायतको उपस्थिति थियो ।

अनौपचारिक कार्यक्रम संचालन प्रिया लिङथेप र दिपा लिम्बूले गरेका थिए । साउण्ड सिस्टममा दिलिप लिम्बूले जिम्मा लिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!