लन्डन २८ डिसेम्बर २०२४ । नेपालको पाँचथर जिल्लाबाट यूके आएर जीवनयापन गरिरहेका पाँचथरवासीहरुको संस्था पाँचथर समाजसेवा यूकेको आइतबार साधारणसभा हुँदै छ ।
संस्थाको अहिलेको गतिविधिबारे जानकारी दिने र आगामी कार्यक्रमबारे छलफलका लागि साधारणसभा बस्न लागेको हो । साधारणसभा दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ ।
साधारणसभा बस्ने ठाउँबारे संस्थाको आधिकारिक ग्रुममा जानकारी गराइने अध्यक्ष शान्ति लिम्बु र महासचिव लाहाङ चेम्जोङले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
साधारणसभामा उपस्थितका लागि सम्पूर्ण पदाधिकारी, कार्यकारी सदस्यहरु, सल्लाहकारहरु तथा साधारण सदस्यहरुलाई सूचनामार्फत अनुरोध गरिएको छ ।






