
लन्डन २९ डिसेम्बर २०२४ । पाँचथर समाज सेवा युकेको वार्षिक साधारणसभा भर्चुअल जुममार्फत सम्पन्न भएको छ ।
आइतबार २९ डिसेम्बरका दिन अध्यक्ष शान्ति लिम्बुको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङले स्वागत मन्तव्य राखेका थिए । महासचिव लाहाङ चेम्जोङले सभा सन्चालन गरेका थिए ।
साधारणसभामा महासचिव लाहाङ चेम्जोङले वार्षिक कार्यप्रतिवेदन र कोषाध्यक्ष शिखर साम्बाहाङ्फेले आर्थिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको अध्यक्ष शान्ति लिम्बुले जानकारी दिइन् ।
संस्थाले आगामी ८ फेब्रुअरी २०२५ माच्या रिटी डिनर कार्यक्रम आयोजना गरी संकलित रकम पाँचथर जिल्लामा अवस्थित विद्यालयहरुमा सहयोग गर्ने निर्णय पारित गरेको छ ।
सभामा सल्लाहकारहरु चन्द्र सुन्दास, लिला सेलिङ माबो, नरबिर आङ्बोको समेत उपस्थिति रहेको थियो ।
सांस्कृतिक विभाग प्रमुख गायक तारा लक्समले आफू नेतृत्वको विभागको समीक्षा गर्दै अब हुने च्यारिटी कार्यक्रम सफल पार्न सबैको सल्लाह, सुझाव र साथ सहयोग हुनु पर्ने बताए ।
मिडिया सेक्रेटरी सुक तुम्रोक, कार्यकारी सदस्य एवम् उद्घोषिका पारु राई, दिपा लिम्बु र रस्मी लिम्बुले संस्थाप्रतिको उपलब्धि र भावी योजनाहरुको सफलताको शुभकामनासहित मन्तव्य राखेका थिए ।
सल्लाहकार चन्द्र सुदासले कार्यसमितिको केही कमीकमजोरी रहेको औंल्याउँदै त्यसलाई तुरुन्तै सल्ट्याउनु पर्ने कडा चेतावनी दिएका थिए ।
अध्यक्ष शान्ति लिम्बुले सभामा उपस्थित सलाहकारहरु, कार्यसमितिलगायत सबै सदस्यहरुको संस्थाप्रति साथ सहयोग र योगदानलाई प्रोत्साहन दिँदै सभामा उपस्थितिका लागि धन्यवाद प्रकट गर्दै साधारणसभा समापन गरेकी थिइन् ।






