नयाँ वर्षदेखि सेन्टर फर नेपाल स्टडिज युकेको मासिक वेविनार सन्चालन

SHARE:


रेडिङ २ जनवरी २०२५ । सेन्टर फर नेपाल स्टडिज युके (सिएनएस युके) ले नयाँ वर्ष २०२५ देखि “नेपाल डायलग युके” नामक नयाँ मासिक अनलाइन वेविनार श्रृंखला सुरु गर्ने भएको छ ।

नेपाल, नेपाली संस्कृति, र प्रवासी समुदायबारे सहकार्य गर्दै ज्ञान आदानप्रदान गर्ने लक्ष्यका साथ यो वेविनार सुरु गर्न लागिएको सिएनएस युकेले जनाएको छ । यो कार्यक्रमको पहिलो श्रृंखला शनिबार ४ जनवरी, २०२५ का दिनदेखि औपचारिक रूपमा सुरु हुनेछ । त्यसपछि हरेक महिनाको पहिलो शनिबार बिहान बेलायती समयअनुसार १० बजेदेखि ११:१५ बजेसम्म (नेपाली समय दिउँसो ३:४५ बजेदेखि ५ बजेसम्म) सो वेविनार सन्चालन हुने छ ।

पहिलो सत्रमा नेपालबारे दशकौँदेखि अनुसन्धान गर्दै आएका अक्सफोर्ड विश्वविद्यालयका पूर्वप्राध्यापक डेभिड गेल्नरले “नेपाल र प्रवासमा मन्दिर र पहिचान” विषयमा प्रस्तुति दिनेछन् । “यो सत्रले नेपाल (जन्मभूमि) र नयाँ आप्रवासन गन्तव्यहरू, विशेष गरी बेलायतमा हुने दैनन्दिन धार्मिक अभ्यासहरूबारे गहिरो अनुसन्धानमा आधारित जानकारी प्रदान गर्नेछ,” नेपाल डायलग युकेका संयोजक डा. कृष्ण अधिकारीले जानकारी दिँदै भने । “हामी आशा गर्छौं कि यसले विचारोत्तेजक छलफलहरूलाई प्रेरित गर्नेछ साथै नेपाल र नेपाली प्रवासी समुदायलाई जोड्दै सांस्कृतिक अभ्यासहरूको समझदारी र साझा शिक्षालाई प्रवर्द्धन गर्नेछ।”

सिएनएस युकेका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले वेविनार श्रृंखला अर्थपूर्ण संवादका लागि एक जीवन्त मञ्च सिर्जना गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताए । ढकालले भने, “अनुसन्धाताहरू, शिक्षाविद्, पेशाकर्मीहरू र सर्वसाधारणलाई एकत्रित गरी नेपाल र प्रवासी नेपाली समुदायका लागि महत्त्वपूर्ण विषयवस्तुहरूमा छलफल गर्ने आशा हामीले गरेका र्छौं ।”

यो वेविनार श्रृंखलामा नेपाल र प्रवासी नेपाली समुदायसित सम्बन्धित विभिन्न प्राज्ञिक अनुसन्धानात्मक छलफलका साथै विभिन्न दैनन्दिन सरोकार विषयहरू समेटिनेछन् । सिएनएस युकेले यस वेविनारमा अन्य संस्थाहरूसित पनि सहकार्य साझा चासोका विषयमा छलफल गराउने योजना पनि बनाएको छ। जूमबाट हुने यस वेविनारमा नि:शुल्करूपमा सहभागी हुन सकिने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!