बेलायतवासी भोज गुरुङबाट आहा रारा पोखरा गोल्डकपलाई ५० हजार सहयोग

SHARE:

लन्डन । बेलायतवासी समाजसेवी तथा सहारा यूकेका आजीवन सदस्य भोजबहादुर गुरुङले आसन्न २४ औं आहा रारा पोखरा गोल्डकपका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको सहयोगार्थ सहारा क्लब पोखराले आयोजना गर्ने गोल्डकप व्यवस्थापनका लागि गुरुङले ५० हजार सहयोग दिएका हुन् । उनले यसअघि पनि नेपाल र बेलायतलगायतमा विभिन्न सहयोग गर्दै आएका छन् ।

आयोकजले दिएको जानकारी अनुसार सहारा यूकेका पूर्वअध्यक्ष लेरि कुसाङ गुरुङ र पञ्च गुरुङ दम्पती, पूर्वअध्यक्ष मिनबहादुर गुरु, कार्यकारी समिति सदस्य एजेजंग थापा, आजीवन सदस्य शेरा गुरुङले २५/२५ हजार र राजेन्द्र गुरुङ (एलजी कान्छा) ले २० हजार सहयोग दिएका छन् ।

आहा रारा पोखरा गोल्डकप २०२५ आउँदो फेब्रुअरी ४ देखि १५ सम्म (माघ २२ देखि फागुन ३ गते सम्म) पोखरा रंगशालामा हुँदैछ । मोफसलकै चर्चित फुटबल प्रतियोगिता लागि सहारा यूकेले ट्रफी लगायत विभिन्न पुरस्कार प्रायोजन गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!