शनिबार तमु समाज युकेको ल्होछार कार्यक्रममा शितल, हरिमाया र बिमलाले धमाका मच्चाउने

SHARE:


लन्डन ३ जनवरी २०२५ । नेपालबाट आएका चर्चित कलाकारहरुको साथमा शनिबार ४ जनवरीमा तमु समाज युकेले ल्होछार मनाउँदैछ । ‘सप्री-ल्हो ल्होछार सांस्कृतिक कार्यक्रम-२०८१’ ह्यारो लेजर लेन्टरमा आयोजना हुने कार्यक्रममा नेपालबाट आएका लोक तथा दोहोरी कलाकारहरु बिमला गुरुङ, हरिमाया गुरुङ र शीतल गुरुङ तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने तमु समाजले जनाएको छ । तमु जातिको मौलिक संस्कार, संस्कृति र परम्परा झल्किने बृहत् सांस्कृतिक कार्यक्रमसँगै शुभकामना आदानप्रदान कार्यक्रम हुने संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार तमु समाज युकेका कलाकारको प्रस्तुति तथा डिजे धमाका हुनेछ ।

कार्यक्रमको समय बेलुकी ५ बजेदेखि राति साढे १२ बजेसम्मका लागि तय गरिएको छ ।

तमुहरुले ल्होछारलाई नयाँ वर्षका रूपमा मनाउँछन् । जसअनुसार यस वर्ष मुप्रि-ल्हो (गिद्ध वर्ग) लाई बिदाइ गर्दै सप्री-ल्हो (सर्प वर्ग) लाई स्वागत गरिनेछ । बेलायतमा रहेका तमु तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी हुन तमु समाज युकेले अनुरोध गरेको छ । सप्री ल्हो ल्होछार २०८१ को संयोजकको जिम्मेवारी संस्थाका उपाध्यक्ष केदार गुरुङलाई दिइएको छ ।

सांस्कृतिक कार्यक्रमका लागि पूर्वसांस्कृतिक सचिव सरु गुरुङ र आमा समूहका अध्यक्ष विमला घलेलाई जिम्मेवारी दिइएको छ । यस्तै, अतिथि पत्राचार महासचिव सुब घले र पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङले गरेका छन् ।

यसअघि २८ डिसेम्बरमा समाजले दशग्रह शान्तिपूजा आयोजना गरेको थियो । उक्त कार्यक्रममाको धार्मिक संयोजक हरिमान गुरुङ र आमा समूहका अध्यक्ष विमला घलेले जिम्मेवारी वहन गरेका थिए । प्रवेश शुल्क एडल्टलाई २५ पाउन्ड र ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई १५ पाउन्ड तोकिएको छ ।

‘शास्त्र हराए संस्कार हराउँछ संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ’ मूल सन्देशका साथ २००७ सालमा तमु समाज युकेको स्थापना भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!