नेपाली संस्थाहरूलाई दूतावास लन्डनको आग्रह – `पुस २३ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउनु´

SHARE:

लन्डन ४ जनवरी २०२५ । नेपाली राजदूतावास लन्डनले बेलायतमा रहेका नेपाली सङ्घसंस्थालाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

दूतावासले, बेलायतमा रहेका सम्पूर्ण सङ्घसंस्थालाई यही पुस २३ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ । आगामी दिनमा नेपाली सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँग सहकार्य गर्ने उद्देश्यले विवरण अध्यावधिक गर्न लागिएको दूतावासले जनाएको छ । दूतावासद्वारा जारी सूचनामा भनिएको छ, “संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली सङ्घसंस्था/सङ्गठनको विवरण आवश्यक भएकाले सम्बन्धित लिङ्कमा गई ०७ जनवरी २०२५ भित्र आ–आफ्नो विवरण अद्यावधिक–उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।” बेलायतमा रहेका सङ्घसंस्थासँग नेपाली समुदाय र नेपालको हितका लागि सहकार्य गर्न लालयित रहेको जनाउँदै समुदायबाट रचनात्मक सुझाव, सल्लाह केही भए उपलब्ध गराउनसमेत दूतावासले आग्रह गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!