नेपाल ब्रिटेनलाई फेरि प्रेस काउन्सिलको पत्र, जथाभावी नलेख्न चेतावनी

SHARE:

लन्डन ४ जनवरी २०२५ । नेपालमा दर्ता गरि लन्डनबाट सञ्चालन भइरहेको एक विवादित अनलाइन नेपाल ब्रिटेन डट कमलाई प्रेस काउन्सिल नेपालले पुनः पत्र लेख्दै जथाभावी नलेख्न सचेत गराएको छ ।

नेपाल पत्रकार महासंघ यूकेविरुद्ध भ्रामक समाचार सम्प्रेषण गरेपछि काउन्सिलले ‘नेपाल ब्रिटेन डटकम’ लाई आचारसंहिता पालना गर्न र सम्प्रेषित समाचारको खन्डन सम्प्रेषण गरि जानकारी गराउन २०८१÷०६÷०९ मा पहिलोपटक निर्देशन दिएको थियो ।

काउन्सिलको निर्देशनपछि उक्त अनलाइनले खण्डन प्रकाशित गरेपनि ‘नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्ष विमला सेने होइनन्‘ भन्ने विषयलाई नै लक्षित गरि झन् कुप्रचार गरेको थियो । त्यसपछि पत्रकार महासंघ बेलायत अध्यक्ष विमला सेने नेतृत्वले काउन्सिलमा पुनः उजुरी गरेको थियो ।

त्यस उजुरीउपर अनुगमनपछि काउन्सिलको २७ मंसिरको बैठकले ‘आगामी दिनमा तथ्यगत पुष्ट्याईं बेगर संतुलनरहित र एकपक्षीय सामग्री सम्प्रेषण नगर्न, नगराउन सचेत गराउने निर्णय गरेको थियो ।

सो निर्णय बमोजिम काउन्सिलले पुष ०३ मा नेपाल ब्रिटेन डटकमका सम्पादक (देवराज आचार्य ‘चिरन शर्मा) को नाममा दोश्रो पत्र पठाउँदै ‘नेपाल पत्रकार महासंघ र त्यसका कार्यक्रमप्रति भ्रम सृजना नगर्न सचेत गराएको हो ।

‘पत्रकार तथा संचार माध्यमले सत्य तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने, कसैमाथि भेद्भाव हुने वा घृणा उत्पन्न हुने किसिमबाट समाचार सम्प्रेषण गर्न नहुने, कसैलाई अनुचित लाभ वा हानी पुर्याउने नियत राखी सामग्री सम्प्रेषण गर्न नहुने, सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनुपर्ने, समाचारबाट असर पर्ने व्यक्ति, समुदाय वा संस्थाले पठाएको खण्डन वा प्रतिक्रियालाई स्थान दिनु कर्तव्य हुने’ पत्रकार आचारसंहिताबारे अवगत नै छ’, भन्दै यसअघि नै नेपाल ब्रिटेन डट कमलाई काउन्सिलले सचेत गराइसकेको छ ।

पत्रकार महासंघ यूकेको नयाँ कार्यसमितिविरुद्ध भ्रम फैलाउने र केही सदस्यलाई उक्साएर आफ्नै पोर्टलमार्फत शाखाको लेटर प्याड र लोगो दुरुपयोग गरि संस्था विरुद्ध गतिविधिमा लागेपछि गत २४ सेप्टेम्बर २०२४ मा बसेको शाखाको कार्यसमिति बैठकले विधान विपरित काम गरेको भन्दै शाखा सदस्य एवं नेपाल ब्रिटेन डटकमका सम्पादक चिरन शर्मा ‘देवराज आचार्य’ सँग स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

तर, उनले समयसीमाभित्र स्पष्टिकरण नदिएपछि शाखाले छिट्टै कारवाहीका लागि सिफारिस प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

शर्माले शाखा तथा पदाधिकारीविरुद्ध भ्रम फैलाउने अभिप्रायले सामाजिक सञ्जालमा समेत अन्य व्यक्तिलाई प्रयोग गर्दै आएका छन् ।

यसैबीच, शाखाले नेपाल ब्रिटेनकै कपी पेष्ट गरेर भ्रामक समाचार प्रकाशित गर्ने अन्य अनलाइनविरुद्ध समेत काउन्सिलमा उजुरी गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!