स्पेनमा तमु ल्होछार मनाइयो, तमु समाज मड्रिड गठन

SHARE:

लन्डन १० जनवरी २०२५ । स्पेनको राजधानी मड्रिडमा तमु ल्होछार (सप्री ल्हो) सभ्य र भव्य रूपमा मनाइएको छ ।

तमु समाज बार्सिलोना स्पेनका अध्यक्ष गौतम गुरुङको अध्यक्षता र नेपाली राजदूतावास मड्रिड स्पेनका तृतीय सचिव बिपिन चन्दको प्रमुख आतिथ्यतामा सप्री ल्होछार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली संघ संस्थाका अग्रज र सर्वसाधारणको उपस्थिति थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले तमु गीतसंगीतमा नृत्य प्रस्तुत गरेका थिए ।

ल्होछार कार्यक्रमका अवसरमा तमु समाज मड्रिड-२०२५ गठन भएको घोषणा गरिएको छ । तमु समाज मड्रिडको
अध्यक्षमा युसुप गुरुङ, प्रथम उपाध्यक्ष ज्योति गुरुङ, द्वितीय उपाध्यक्ष बिरू गुरुङ, सचिव प्रचण्ड गुरुङ, सह- सचिव तिर्सना गुरुङ, कोषाध्यक्ष निरन गुरूङ र सहकोषाध्यक्ष आकृति गुरुङ चयन भएका छन् ।

सदस्यहरूमा राजन गुरुङ, संजय गुरुङ, वि सागर गुरुङ, पूजा गुरुङ, मिक्का गुरुङ, आन्सा गुरुङ, मोनिका गुरुङ, सुमन गुरुङ, श्री बुद्ध गुरुङ, ईश्वर गुरुङ, पबित्र गुरुङ, निशा गुरुङ, सोनी गुरुङ, मिशाल गुरुङ छन् ।

प्रमुख सल्लाहकारमा दिलीप गुरुङ, सलाहकारहरुमा जानु गुरुङ, सरिता गुरुङ, सबिना गुरुङ र कविता गुरुङलाई चयन गरिएको छ ।

तमु समाज मर्डिडका नवगठित कार्यसमितिलाई तमु समाज बार्सिलोना स्पेनको तर्फबाट अध्यक्ष गौतम गुरुङले बधाई तथा शुभकामना समेत दिएका छन् । उनले आउने दिनहरूमा तमु समाज मड्रिड स्पेनसँगको भाईचारा, सहकार्य र हातेमालो स्पेनवासी तमुहरू र नेपाली समुदायका हितका लागि हितमा हुने विश्वास व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!