किरात सुनुवार सेवा समाज बेलायतमा नयाँ कार्यसमिति, अध्यक्षमा आकाश

SHARE:

लन्डन १२ जनवरी २०२५ । किरात सुनुवार सेवा समाज बेलायतमा नयाँ कार्यसमिति चयन भएको छ ।
११ जनवरीमा सम्पन्न आठौँ अधिवेशनले आकाश सुनुवारको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा केदार संकेत तथा प्रकाश सुनुवार, सचिवमा परिस्पा सुनुवार, उपसचिवमा सुमी सुनुवार, कोषाध्यक्ष खजेन्द्र विक्रम सुनुवार र उपकोषाध्यक्ष मिलन सुनुवार मनोनीत भएका छन् ।

अधिवेशन दुई भागमा सञ्चालन भएको थियो । संस्थाका सचिव गीतराजले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष इन्द्रकुमार सुनुवारले वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । अध्यक्ष मनोज कुमार सुनुवारले आफूले तीन वर्षसम्म गरेका कामबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

मन्तव्यका क्रममा सुनुवार सेवा समाज बेलायतका संस्थापक तथा पूर्वअध्यक्ष विजयकुमार मुखियाले सन् २०१७ देखि २०२५ सम्म संस्थामा कार्यरत सबैलाई एकमुस्ट धन्यवाद दिए । त्यसैगरी, पूर्वअध्यक्ष जंगबहादुर सुनुवारले जो मनोनीत भए पनि संस्थाको विधानलाई आधार मानेर संथालाई सकारात्मक तरिकाले अघि डोर्‍याउनेमा आफू ढुक्क भएको बताए ।

472645964_550615974644346_6546085759244149440_n-1736699066.jpg
कार्यक्रमको दोस्रो सत्रमा, अध्यक्ष मनोज कुमार सुनुवारले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । आठौँ निर्वाचन आयोगकोमा संस्थाका पूर्वअध्यक्षद्वय जितेन्द्र सुनुवार तथा यादवकुमार दर्सुचा र सचिव छत्र सुनुवार रहेका थिए ।

जितेन्द्र सुनुवारको संयोजकत्वमा रहेको आयोगले सातौँ कार्यकालका पदाधिकारीको कार्यकाल समाप्त भएको र नयाँ कार्यसमितिको नाम बन्द खामभित्र भएको खुलासा गर्दा हल तालीले गुन्जिएको थियो ।

नवनिर्वाचित अध्यक्ष आकाश सुनुवारले आफ्नो समाजको अध्यक्ष बन्नु राष्ट्राध्यक्ष हुनुभन्दा ठूलो भएको बताए । ‘टिममा चयन गरिएका समितिका सदस्यहरू केवल सेवक हौँ, जसले तपाईंहरूको हित र भविष्यका लागि काम गर्नुपर्नेछ । मेरो नेतृत्वको यो कार्यकाल तपाईं सबैको एकता र प्रगतिका लागि समर्पित हुनेछ,’ उनले भने ।

समाज व्यक्ति र परिवारको भएकाले आफ्नो कार्यकाल समाजको इतिहासमा एउटा नयाँ युगको थालनी मानिने अध्यक्ष आकाशको भनाइ थियो ।

समाजका सल्लाहकार, बुद्धिजीवी, साहित्यकार, युवा समूह तथा संस्थाका पूर्वपदवहाक सबैको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!