बेलायत आइपुगिन् नेपालको गण्डकी प्रदेश सांसद गुरुङ

SHARE:


लन्डन १५ जनवरी २०२५ । नेपालको गण्डकी प्रदेश सांसद सरस्वती गुरुङ बेलायत आइपुगेकी छन् । नेपाली कांग्रेसका नेतासमेत रहेकी गुरुङ क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको निमन्त्रणामा मंगलबार १४ जनवरी २०२५ का दिन लन्डन आइपुगेकी हुन् । सांसद गुरुङलाई क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेका पदाधिकारीहरु र कार्यसमिति सदस्यलगायत भाइखलक तथा चेलीबेटीहरुले हिथ्रो टर्मिनल ३ मा स्वागत गरेका थिए ।

उनी क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको यही जनवरी १८ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजना हुने नवौं भाइखलक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम-२०२५ लगायत कार्यक्रममा सहभागी हुनेछिन् ।

उक्त अवसरमा चर्चित कलाकारहरु हरिमाया गुरुङ, शितल गुरुङ तथा बिमला गुरुङको प्रस्तुति, नृत्य, चिट्ठा कार्यक्रम अनि थुप्रै मनोरञ्जनात्मक कार्यक्रम रहेको समाजका महासचिव ईन्द्र घोतानेले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!