
लन्डन १७ जनवरी २०२५ । पाँचथर समाज सेवा युकेले आगामी ८ फेब्रुअरी २०२५ मा पहिलो च्यारिटी डिनर नाईट गर्ने भएको छ ।
नेपालका दुर्गम ठाउँका विद्यालयमा सहयोग गर्न च्यारिटी डिनर नाइट आयोजना गर्न लागेको समाजकी अध्यक्ष शान्ति लिम्बुले शुक्रबार जानकारी दिएकी छन् ।
कार्यक्रम शनिबार ८, फेब्रुअरी २०२५ मा अल्डरसटस्थित एम्पायर हलको दोस्रो तलामा हुने छ ।
अध्यक्ष लिम्बुले कार्यक्रम दिउँसो साढे ३ बजेदेखि सुरु हुनेसमेत जनाइन् । कार्यक्रममा उपस्थित हुन नसक्ने तर स्वेच्छाले सहयोग स्पोन्सर गर्न चाहनेहरुको लागि संस्थाको बैंक अकाउण्टमा रकम सहयोग गर्न सक्ने पनि समाजले प्रस्ट पारेको छ ।
विविध मनोरन्जनात्मक कार्यक्रममा सहभागिताका लागि टिकट दर एकल ५० पाउन्ड र जोडीलाई केही सहुलियतसहित ८० पाउन्ड तोकिएको छ ।
च्यारिटी कोअर्डिनेटर सन्देश लिम्बु तोकिएका छन् ।






