लन्डन १७ जनवरी २०२५ । ब्रिटिस गोर्खा भेटेरेन्स एसोसिएसनले श्री बेघा लिम्बू र जोन लाभरिकलाई यस वर्षको उत्कृष्ट र जिम्मेवार सदस्यका रूपमा सम्मानित गरेको छ ।
बेलायतको ननिटन तथा बेडवर्थ बरो काउन्सिलका मेयर काउन्सिलर बिल ह्यानकक्सले एक कार्यक्रमबीच लिम्बू र लाभरिकलाई अद्वितीय योगदानका लागि उत्कृष्ट तथा जिम्मेवार सदस्यको सम्मानपत्र प्रदान गरे ।
लिम्बू र लाभरिकले गत वर्ष संस्थामा खेलेको भूमिकाका लागि यो सम्मान गरिएको एसोसिएसनका अध्यक्ष एवं डेपुटी मेयर क्याप्टेन रिटार्यड भिम सारुले जानकारी दिए । कार्यक्रममा ननिटनका मेयर काउन्सिलर ह्यानकक्स, श्रीमती मेयरेस शैला ह्यानकक्स तथा एसोसियनका सदस्यहरूको उपस्थिति थियो ।
सो अवसरमा एसोसिएसनका सदस्यलाई मेयरको कार्यकक्ष र बहस गर्ने हलको पनि अवलोकन गराइएको थियो । नैन्न भुजेल र एन्डी टेलरलाई गत वर्षको सम्मान पत्र प्रदान गरिएको थियो ।
एकापसमा सहयोगको भावना वृद्धि, अरूका लागि प्रोत्साहन, आफूले गरेको कामको मूल्यांकन भएको महसुस होस् र समाजको पनि नाम रहोस् भन्ने उद्देश्यले सम्मान गरिएको हो ।






