पुन मगर समाज युकेको वार्षिक साधारणसभा सम्पन्न,

SHARE:


लन्डन १९ जनवरी २०२५ । पुन मगर समाज युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार १८ जनवरी २०२५ का दिन मगर भवनमा पुन मगर समाज युकेको चौथौ कार्यसमितिको दोस्रो वार्षिक साधारणसभा सम्पन भएको हो । साधारणसभा संस्थापक अध्यक्ष बिल पुर्जा र अध्यक्ष बल पुर्जाले दिप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

अध्यक्ष बल पुर्जा मगरको अध्यक्षतामा बसेको साधारणसभामा समाजका सचिव तुलचन्द्र तिलिजा र अध्यक्ष बल पुर्जाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रराम मगरले आयव्ययको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सभामा विभिन्न एजेन्डामाथि व्यापक छलफल गरी सर्बसम्मत निर्णय गरिएको थियो ।

सभामा नेपाल पुन मगर समाज केन्द्रले भर्खरै सम्पन्न गरेको अधिवेशनबारे अध्यक्ष बल पुर्जाले छोटकरीमा जानकारी गराएका थिए । यस्तै समाजको पकेट विधान हरेक सदस्यलाई सचिव तुलचन्द्र तिलिजाले वितरण गरे । बैठकले आगामी मगर दिवसमा पुन मगर समाज युकेले सहभागिता जनाउने निर्णय गरेको छ । साथमा पुन मगर समाज युकेको वार्षिक कार्यक्रम भूमे पूजा यही आउँदो २८ जुन २०२५ मा सम्म्पन गर्ने निर्णय पनि गरिएको छ ।

सचिव तुलचन्द्र तिलिजा पुन मगरले सञ्चालन गरेको साधारणसभाका लागि खाजानास्ता तयारीमा खटिने केन्द्रीय सदस्य चित्रप्रकाश गर्बुजा साथै तिर्थ गर्बुजालगायतलाई विशेष धन्यवाद दिइएको थियो ।

अध्यक्ष बल पुर्जाले विभिन्न एजेन्डामाथि छलफल र निर्णयपछि बेलुकी ५ बजे र साधारणसभा अन्त्य भएको घोषणा गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!