बगर भाइ खलक यूकेमा ओमप्रकाश गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

SHARE:


लन्डन १९ जनवरी २०२५ । बगर भाइ खलक यूकेको तेस्रो अधिवेसनले ओमप्रकाश गुरुङको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चिज गुरुङ, सचिवमा अर्जुन गुरुङ, सहसचिवमा कुमार गुरुङ र कोषाध्यक्षमा भानु थकाली गुरुङ रहेका छन् । यस्तै, सदस्यहरूमा सूर्य गुरुङ, दीपक गुरुङ, मिडिया सेक्रेटरीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र विमल गुरुङ रहेका छन् ।

अध्यक्ष दिलरास गुरुङको अध्यक्षतामा बेलायतको अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा आइतबार भएको अधिवेशनमा कोषाध्यक्ष भानु थकाली गुरुङले आयव्यय विवरण प्रस्तुत गरेका थिए । अध्यक्षले आफ्नो कार्यकालमा भएका कामबारे जानकारी गराउँदै साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । संस्थाका संस्थापक अध्यक्ष चन्द्र गुरुङलगायत अग्रज र अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

यस्तै, बगर भाइ खलक पोखराले पोखरा बगर टुँडिखेलमा आयोजना गर्ने फुटबलका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । जसका लागि प्रतिसदस्य ३० पाउन्ड संकलन गर्ने निर्णय गरेको हो । सहयोग रकम कोषाध्यक्ष भानु थकाली गुरुङको बैंक खातामा जम्मा गर्न अनुरोध गरिएको छ ।

संस्थाले हरेक वर्ष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी तीन तहको फुटबल प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिता २८ जनवरीदेखि ३ फेब्रुअरीसम्म सञ्चालन हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!