अल्डटरसटमा एनआरएनए युके काउन्सिल बैठक : नागरिकता निरन्तरतालगायत एजेन्डा

SHARE:

लन्डन । गैरआवासीय नेपाल स‌ंघ बेलायत (एनआरएनए युके) को पाँचौं काउन्सिल बैठक शनिबार अल्डरसटमा चलिरहेको छ ।

 

अल्डरसटस्थित एम्पायर हलमा जारी बैठकमा नेपाली नागरिकता निरन्तरता, आगामी दुई वर्षको मार्गचित्र कोर्ने, गोर्खाका मुद्दा, नेपालीको वेलफेयर, च्यारिटीलगायत विषयमा छलफल हुने बैठक संयोजक एवं उपाध्यक्ष पुनम गुरुङले जानकारी दिइन् । अहिले विभिन्न व्यक्तिले बैठक सफलताको शुभकामना दिने क्रम चलिरहेको छ ।

बैठकमा एनआरएनए केन्द्रीय उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलगायतको सहभागिता छ । त्यस्तै बेलायतमा क्रियाशील दर्जनौं संघ संस्थाका नेतृत्व एवं प्रतिनिधि उपस्थित छन् ।

एनआरएनए युकेको विधानअनुसार दुई वर्षे कार्यकालभत्रि एकपटक काउन्सिल बैठक गर्नुपर्ने व्यवस्था छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!