विकासको नाममा सैन्य दमन बन्द गर: प्रेस-बिज्ञाप्ती

SHARE:

 

प्रेस-बिज्ञाप्ती

ऐतिहासिक-सांस्कृतिक सम्पदा मुन्धुमी पवित्र भूमि ताप्लेजुङस्थित मुक्कुमलुङको वृहत्तर संरक्षणका लागि त्यहाँका आदिवासी लिम्बु लगायत स्थानीय समुदायहरू विगत ७ वर्षदेखि निरन्तर संघर्षरत छन् । स्थानीय जनताको आस्था, धर्म र भावना बिपरित बिकासका नाममा भ्रम छर्दै बहुप्रजातियुक्त जल, जंगल, जमिन, संस्कृति र सम्पदाहरू मासेर निश्चित लगानीकर्ता र कम्पनीले मात्रै नाफा कमाउने गरी पाथीभरा दर्शन केवलकार निर्माण गर्ने निर्णयको विरोधमा मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केवलकार खारेजी संयुक्त संघर्ष समिति, स्थानिय जनता, दर्जनौं सामाजिक संस्था, नागरिक समाज र राजनितिक दलहरूले शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेका छन । उक्त शान्तिपूर्ण जायज आन्दोलनलाई अग्रगामी समुह बेलायत नैतिक समर्थन र एकाबद्धता जाहेर गर्दछ । शान्तिपूर्ण विरोधलाई संवाद र सहमतिमा रुपान्तरण गर्नुको सट्टा शक्ति र सत्ताको आडमा जुनसुकै स्थितिमा भएपनि केवलकार बनाइछाड्ने बलमिच्याइ, सुरक्षा संयन्त्रको ज्यादतीपूर्ण हस्तक्षेप, मनोमानी ढंगले निहत्था नागरिकहरूलाई पक्रिनु र कुटपिट गरिनु मात्र नभएर मिति २०८१ माघ १२ गते आकस्मत राज्यको सुरक्षा अंग शसस्त्र प्रहरी द्वारा शान्तिपूर्ण आन्दोनकारी माथी अन्धाधुन्ध बल र गोली प्रहर गरि मृत्युसैयामै पुर्याउने प्रयास भएको हुंदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

नागरिकको सार्वभौम मूल्य मान्यताविरूद्ध सैन्य निकायलाई विकासको निहुँ पारेर एक निजी कम्पनीको केवलकार परियोजनाको पक्षमा राज्यको सुरक्षा अंगलाई संलग्न गराई त्यहाँका स्थानीय जनताहरू माथी सैन्य शक्ति लाद्ने काम भएको छ । त्यसले आम नागरिकमा त्रास, असुरक्षा र द्वन्द्व बढाउने काम गरिरहेको छ । मुक्कुमलुङ क्षेत्रमा राज्य, केही राजनीतिक दल, केही व्यापारी-व्यवसायी, संघ-प्रदेश-स्थानीय तहको सरकार र सुरक्षा संयन्त्रबाट भइरहेको यस खालको दमनकारी अभ्यास नेपालको संविधान, मानवअधिकार, आदिवासीहरूको अन्तर्राष्ट्रिय कानूनी हकअधिकार, वातावरणीय र सामाजिक-सांस्कृतिक न्यायको विरूद्ध छ । प्रकृति र संस्कृति मासेर गरिने घातक विकासका लागि जनतालाई त्रसित तुल्याई असुरक्षा र द्वन्द्व बढाउने खालको सरकार र सुरक्षा संयन्त्रको हस्तक्षेप प्रति समस्त न्यायप्रेमी, संस्कृतिप्रेमी, वातावरण-प्रकृतिप्रेमी, मानवअधिकारका राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायहरू, पेसागत संघसंस्थाहरू, नागरिक समाज तथा समग्र नागरिकहरूलेआ-आफ्नो ठाउँबाट राज्य आतंकको खबरदारी एवं विरोध गर्न-गराउन हार्दिक अपिल गर्दछौं ।

अन्तमा सशस्त्रको गोलीबाट गम्भीर घाइतेहरूको राज्यले निसुल्क स्वास्थ्य उपचार गरिओस र घाइतेहरूको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै नागरिकको अधिकार खोस्दै उनिहरू माथी भइरहेको यसखालका अलोकतान्त्रिक, अमानवीय सैन्य शक्तिको दुरूपयोग र ज्यादतीको घोर भर्त्सना साथ सो घटनालाई थप तनावग्रस्त हुनबाट जोगाउनका लागी संघर्षरत स्थानिय सरोकारवाला, राजनितीक दल, नागरिक समाज र जनप्रतिनिधीहरूको सहभागितामा वार्ता आयोजना गरि राज्य र आन्दोलनकारी दुबै पक्षबाट बल प्रयोग गर्ने र भिड़न्त भएर जनधनको क्षति हुने अवस्थाको अन्त हुने गरि सहमतिमा जारी द्वन्दलाई गम्भीरतापूर्वक लिएर पाथीभरा दर्शन केवलकारको नाममा भइहेको सैन्य दमन तुरून्तै बन्द गर्न र केवलकार परियोजना तुरून्तै खारेज गर्न अग्रगामी समुह बेलायत आग्रह गर्दछौं ।

भक्तबहादुर दुरा                                                                                                                                                         कर्मा पहाडी शेर्पा
अध्यक्ष, अग्रगामी समुह बेलायत ।                                                                                                     महासचिव, अग्रगामी समुह बेलायत ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!