पहिचानवादी मोर्चा युके गठन

SHARE:

नगेन्द्र नेम्बाङ
लन्डन, अल्डरसट । पहिचानवादी मोर्चा युके गठन तथा घोषणासभा सम्पन्न भएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा शनिबार १ फेब्रुअरीमा आयोजित कार्यक्रममा देवी तुम्बाहाङ्फेको संयोजकत्वमा २६१ सदस्यीय पहिचानवादी मोर्चा युके गठन गरिएको हो । मोर्चामा संयोजक, सहसंयोजकहरु, सचिवालय सदस्यहरु,आर्थिक विभाग, सांस्कृतिक विभाग, विचार विभाग,संगठन विभाग,मिडिया विभाग,संवाद विभाग,आन्दोलन विभाग, विभिन्न विभाग बनाइएको छ ।

टंक खापुङको अध्यक्षतामा सम्पन्न मोर्चा गठन तथा घोषणासभा गणेश इजमले सञ्चालन गरेका थिए । सभामा किरात याक्थुङ चुम्लुङ युकेका संस्थापक अध्यक्ष खड्गजङ आङ्बोहाङ, चुम्लुङ युकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बु,चुम्लुङ पूर्वअध्यक्षद्वय सुभाश जबेगु र तिलबिक्रम सम्बाहाङ्फे, नागरिक समाज युकेका सङ्स्थापक अध्यक्ष दिल सम्बाहाङ्फे र वर्तमान अध्यक्ष छत्र वनेम,पहिचानप्रेमीहरु लोकेन्द्र तबेबुङ,लाहाङ चेम्जोङ र युमा लिम्बुलगायतले घोषणासभा सफलताको कामना गर्दै पहिचानवादी मोर्चा सशक्त ढंगले अगाडि बढाउने नवगठित कार्यसमितिलाई अग्रिम बधाइ तथा शुभकामना मन्तव्य राखेका थिए ।

मोर्चा गठन तथा सभाले सात विभिन्न समसामयिक राजनीतिक प्रस्तावहरु पारित गरी घोषणा पनि गरेको छ ।

१. व्यापारिक प्रयोजनका लागि केबुलकार बनाउने सरकारी रवैयाको घोर भर्त्सना
२. नो केबुलकार आन्दोलनको क्रममा घाइते पहिचानवादी योद्धाहरुको शीघ्र स्वास्थ्यलाभको कामना
३. कोशी प्रदेश खारेज आन्दोलनलाई निरन्तर सहयोग समर्थन
४. धर्मनिरपेक्ष समानुपातिक प्रतिनिधित्व, गणतन्त्र,संघीयता र पहिचान पक्षधरहरुलाई एकीकृत गर्न जोडदार आह्वान
५ आदिवासी रैथाने स्थानहरुको नाम परिवर्तन नगर्न जोडदार माग
६ बोझेनी तामाङ बस्ती उठाउन भैरहेको प्रहरी आतंक तुरुन्त रोक्न जोडदार माग
र अन्त्यमा गोर्खा समुदायहरुले गरिरहेको नेपाली नागरिकताको आन्दोलन तथा समान पेन्सन र सुविधा लगायतका न्यायोचित मागहरुप्रति ऐक्यबद्धता र जोडदार समर्थन गर्ने घोषणा गरेको छ ।

अथितिहरुमा ग्रेटर रसमोर नेप्लिज कम्युनिटीकी अध्यक्ष लिला सेलिङ माबो, चुम्लुङ युकेका सल्लाहकार याम आङ्बोहाङ, समाजसेवी रामकुमार इजम, दिपक तुम्बापो, पाँचथर समाज सेवा युकेकी अध्यक्ष शान्ति लिम्बु,चुम्लुङ रसमोर शाखा अध्यक्ष थान कुमान नाल्बो, मिडियाकर्मी पारस राना अथिति कलाकार गायक ब्रबिम सेर्मा, एभरेस्ट टाइम्सका प्रबन्धक निर्देशक नगेन्द्रराज नेम्बाङ, चुम्लुङ स्विन्डन शाखाकी अध्यक्ष चन्द्रकला लिम्बु, पहिचानप्रेमी हिन्दु इवा चुडा तुम्बाहाङ्फे, बिजय लिङ्थेप, तेज लावती, यदुचन्द्र लावती, पाँचथर समाज सेवा युकेका उपाध्यक्ष हाङ्पाल माक्खिम लगायतको उपस्थिति रहेको थियो ।

सभालाई नवगठित संयोजक देवी तुम्बाहाङ्फेले बिगतलाई बिर्सेर सबै पहिचानप्रेमीहरु एक भई अघि बढ्ने एक्यबद्धता जनाउँदै सबै उपस्थित सदस्यहरुलाई धन्यवाद दिँदै सभा समापन गरेका थिए ।

अन्त्यमा सभालाई सम्बोधन गर्दै गायक ब्रबिम सेर्माले पहिचानवादी सन्देशमूलक गीत गाएर उपस्थित माहोललाई तताएका थिए । सभाले केही नगद संकलन गरी गायक सेर्मालाई हस्तान्तरण गर्दै नेपाल फिर्ता सुरक्षित हवाई यात्राको शुभकामनासहित बिदाइ गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!