लन्डन ३ फेब्रुअरी २०२५ । वनेम कल्याण संस्था युकेको तेस्रो अधिवेशन १८ जनवरी २०२५ का दिन भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
अध्यक्ष टङ्क वनेमको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । उपस्थित सम्पूर्णले छत्र वनेमको नाम अध्यक्षमा सर्वसम्मत सिफारिस गरेपछि उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । यसैगरी उपाध्यक्षद्वयमा तुलबिर (बिक्रम) वनेम र सम्सेर वनेम, सचिव डम्बर वनेम, सहसचिवमा विनोद वनेम, कोषाध्यक्षमा तारा वनेम, सहकोषाध्यक्षमा सन्तोष वनेम चयन भएका छन् ।
नयाँ कार्यसमितिका लागि बाँकी सदस्य र विभागीय प्रमुखहरु थप गर्ने कार्यकार्यसमितिलाई नै जिम्मेवारी सुम्पिएको छ । भर्चुअल माध्यमबाट सम्पन्न उक्त बैठकमा अध्यक्ष टङ्क वनेमले कार्यकालमा भएका प्रगति विवरणहरु प्रस्तृत गरेका थिए । कोषाध्यक्षमा डम्बर वनेमले कार्यकालभरि भएका सहयोग संकलनलगायत ताप्लेजुङ मैवाखोला गा.पा. २(पूर्व मैवाखोला गा.बि.स.) स्थित तेम्बेमा रहेको माङ्गेन्नायक र लासो नेत्नादेन खरिदका लागि सहयोग दाताहरुका विवरण प्रस्तुत गरेका थिए ।
वनेम कल्याण संस्था युकेले हरेक दुई वर्षमा युकेभरि बसोबासरत वनेम वंशी र चेलीबेटी, ज्वाइँ चेलाहरूसँग सम्बन्ध सुमधुर राख्ने उद्देश्यले आयोजना गर्दै आएको भेटघाट कार्यक्रम २०२५ को मे १७ शनिबारका दिन आस्फोर्डस्थित सिङ्गलटन भिलेज हलमा हुने निश्चित भएको जनाएको छ ।
वनेम कल्याण संस्था युके २००९ मा स्थापना भएको हो ।






